मस्जिदमा विष्फोट हुँदा तालिवानका धर्मगुरुसहित १८ जनाको मृत्यु

Read Time = 1 min

हेरात । पश्चिमी अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एकजना प्रमुख धर्मगुरुसहित १८ जनाको मृत्यु भएको छ । विष्फोटनमा परी कम्तीमा २३ जना घाइते भएका छन् ।

हेरात शहरको गुजरगाह मस्दिमा भएको विष्फोटपछिको भिडियोमा उक्त धार्मिकस्थलको आँगन शवले भरिएको, जमिन रगताम्मे भएको देखिन्छ भने त्यहाँबाट ‘भगवान् महान् हुनुहुन्छ’ त्रासमा मानिस कराउँदै भागेका देखिन्छन् । अल्लाहका उपसकहरूले मस्जिद खचाखच भरिएको समयमा त्यहाँ बम विष्फोट भएको थियो ।

ADVERTISEMENT

विष्फोटमा मारिएका प्रमुख धर्मगुरु मुजिबउल रहमान अन्सारी पश्चिमा समर्थित सरकारका कट्टर आलोचक हुनुहुन्थ्यो । उहाँलाई तालिवानले प्रमुख धर्मगुरुका रूपमा मानेको थियो । धर्मगुरु अन्सारीको मृत्युको पुष्टि तालिवानका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले गर्नुभएको छ । रासस/एपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज