नयाँदिल्ली । भारतले आज (शुक्रबार) बाट आफैँले निर्माण गरेको विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउँने भएको छ ।
आइएनएस बिक्रान्त नाम दिइएको विमानवाहकको प्रधानमन्त्री नरेन्द्र मोदीले कोचीमा शुभारम्भ गर्ने कार्यक्रम भएको जनाइएको छ । उहाँले भारतीय नौसेनालाई विमानबाहक हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।
२० हजार करोड भारु खर्च गरेर बनाइएको सोही विमानबाहक युद्धपोत भारतीय नौसेनाको इतिहासको सबै भन्दा ठूलो र शक्तिशाली भएको बताइएको छ । विश्वका शक्तिशाली विमानबाहकको टप टेन सूचीभित्र पर्ने छ ।
यो विमानबाहकबाट फाइटर जेट, मिसाइल र ड्रोनहरूले उडान भर्न सक्ने छन् । यसको सञ्चालनबाट भारतीय उपमहाद्विपमा शान्ति र स्थिरताका लागि ठूलो योगदान पुर्याउने भारतीय नौसेनाको विश्वास रहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts