घुस लिएको अभियोगमा मलेसियाका पूर्वप्रधानमन्त्री रजाककी पत्नी दोषी ठहर

Read Time = 1 min

क्वालालम्पुर । घुस लिएको अभियोगमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी श्रीमती दोषी ठहर भएकी छन् । आर्थिक अनियमितताको आरोपमा बिहीबार उच्च न्यायालयका न्यायाधीशले ती अभियोगमा पूर्वप्रथम महिला रोजमाह मन्सुरलाई दोषी ठहर गरेको हो ।

मन्सुरलेसारावाकमा रहेको सौर्य ऊर्जा परियोजनासँग जोडिएको कुल १९४ मिलियन रिङिगट दुरुपयोग गरेको भन्दै अदालतले उनलाई दोषी ठहर गरेको हो । यसअघि उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएकी थिइन् । उनका पति नजिबले भ्रष्टाचार आरोपमा १२ वर्षको जेल सजाय भोग्न थालेको केही दिनपछि यो फैसला आएको हो । अभियोगमा २० वर्ष जेल सजाय र घुस रकमको पाँच गुणासम्म जरिवाना हुन्छ ।

ADVERTISEMENT

७० वर्षीय मन्सुर विलासिताका सामान र गहनाप्रतिको आशक्तिका लागि परिचित छन् । सन् २०१८ मा प्रहरीले छापा मार्दा एक दशमलव ६ मिलियन डलर बराबरको सुन, हिराको हार, ताज र व्याग फेला पारेको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज