जेनेभा । विश्व स्वास्थ्य संगठनले जाडो मौसम आएसँगै कोभिड-१९ का संक्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ । हालैका केही दिनमा कोभिड-१९ का संक्रमितको संख्या घट्दै गएको पाइएको भन्दै तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिडका संक्रमितको संख्या बढ्न सक्ने जनाएको छ ।
यसका साथै कोभिडका संक्रमितको मृत्युदर तथा उनीहरू अस्पताल भर्ना हुने दरमा बढोत्तरी हुनसक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँगको कुराकानीका क्रममा सो कुरा बताउनुभएको छ ।
उहाँले भन्नुभएको थियो, ‘हामीले अहिले कोरोना भाइरसको घट्दो दरका साथमा यसको स्वागत गरिरहेका छौं तर अबका दिनमा आउने चिसो मौसममा भने यस संक्रमणको असर अझ बढी देखिन सक्छ, हामी अहिलेदेखि नै यसका लागि तयार रहनुपर्दछ ।’ विश्वमा यसको संक्रमणको पछिल्लो अवस्था हेर्दा घट्दै गएको तथ्यांकले देखाउँछ । साप्ताहिकता रूपमा गरिने यसको गणना अनुसार पछिल्लो हप्तामा यसको संक्रमण ५३ लाख मानिसमा भएको देखिएको छ ।
यो संख्या अघिल्लो हप्ताको तुलनामा नौ प्रतिशतले कम हो । त्यसैले अहिले कोरोना भाइरसको संक्रमण घट्दै गएको भनेर यसको स्वागत गरेर बस्नुभन्दा आगामी जाडो मौसममा हुनसक्ने यसको असरलाई मध्यनजर गरेर सतर्कता अपनाउनुपर्ने महानिर्देशक ग्याब्रेसियसले बताउनुभएको छ । रासस/सिन्हृवा ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts