न्युयोर्क । एउटा डान्स पार्टीमा अस्वभाविक रुपमा नाचेपछि विवादित बनेकी फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनको दिनहुँ समर्थन बढ्दो छ । पछिल्लो पटक अमेरिकी राष्ट्रपति पदकी पूर्वउम्मेदवार हिलारी क्लिन्टनले आइतवार समर्थन जनाएकी छिन् ।
विदेशमन्त्री हुँदा सन् २०१२ मा कोलम्बिया भ्रमणको क्रममा एक भीडभाड क्लबमा ठूलो मुस्कानसहित नाचेको आफ्नो तस्बिर राख्दै उनले ट्वीटरमा लेखेकी छिन्, ‘नृत्य जारी राख्नुहोस्, सान्ना मारिन ।’
हर्टको इमोजिसहित मारिनले तुरुन्तै जवाफ दिइन्, ‘धन्यवाद हिलारी क्लिन्टन । ’ केही दिनअघि लीक भएको भिडियोमा मारिनले साथीहरू र सेलिब्रेटीहरूको समूहसँग नाच र पार्टी गरिरहेको देखाइएको छ ।
उक्त भिडियो प्रधानमन्त्रीको लागि अनुपयुक्त भएको उनका विरोधीहरुले आलोचना गर्दै आएका छन् । तर, उनको पनि व्यक्तिगत जीवन भएको भन्दै कतिपयले ३६ वर्षीय प्रधानमन्त्रीको बचाउ गरेका छन् । प्रधानमन्त्रीमाथि लागूऔष सेवनको आरोप लगाइएको थियो । सो आरोप पुष्टि गर्न उनले ड्रग टेस्ट गरेकी थिइन् । उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
उनको भिडियो भाइरल भएपछि उनको सिको गर्दै विश्वभरका महिलाले नाचेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यसअघि अस्ट्रेलियाकी संसदले पनि मारिनको समर्थनमा नाचेको तस्बिर पोस्ट गरेकी थिइन् ।
https://twitter.com/HillaryClinton/status/1563930084897132546
- एजेन्सी







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts