नेपाल बन्दले अर्घाखाँचीको जनजिवन पुर्णरुपमा प्रभावित, सन्धिखर्कमा दुईजना बन्दकर्ता प्रक्राउ

Shyam Ghimire
Shyam Ghimire
Read Time = 2 mins

अर्घाखाँची । चार क्रान्तिकारी कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दले अर्घाखाँचीको जनजिवन पुर्णरुपमा प्रभावित बनेको छ । विप्लव नेतृत्वको नेकपा सहित नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले आज सोमवार आब्हान गरेको बन्दले जिल्लाको जनजिवन प्रभाबित बनेको हो ।

बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटोे दुरीका सबारी साधनहरु छुटेका छैनन् भने शिक्षण संस्था, कलकारखाना, उद्योगधन्दा, व्यपारव्यवसाय पनि पुर्ण रुपमा ठप्प रहेका छन ।

ADVERTISEMENT

यसैबिच अर्घाखाँचीमा २ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका जिल्ला संयोजक हरी नेपाली र बिद्यार्थी नेता विजय नेपालीलाई सदरमुकाम सन्धिखर्कबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई जबरजस्ती बन्द गराउदै हिडेको अवस्थामा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *