सोल । दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप एक लाख ८० हजार ८०३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यसैसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या दुई करोड १६ लाख ८२ हजार ८१६ पुगेको छ ।
केही दिनअगाडी घटेको कोरोना संक्रमित पुनः बढेको बताइएको छ । अहिले संक्रमित अवस्थामा रहेका मध्ये ४६९ जनाको अवस्था गम्भीर रहेको छ । यो संख्या अघिल्लो दिनको भन्दा ९४ जना कम भएको छ ।
दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ४२ भन्दा बढीको मृत्यु भएको छ । यसैसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या २५ हजार ७५२ पुगेको छ । सिन्ह्वा







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts