इक्वेडरकाे विस्फोटमा पाँच जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

क्विटो । इक्वेडरको बन्दरगाह सहर ग्वायाकिलमा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् । एक पत्रकार सम्मेलनको क्रममा इक्वेडरका गृहमन्त्री प्याट्रिसियो क्यारिलोले उक्त आक्रमण ‘कुकाराचा’ र ‘जुनियर’ उपनामले चिनिने दुई स्थानीयलाई लक्षित गरिएको बताए । उनीहरु टिग्युरिओनेस अपराधिक समूहमा आबद्ध रहेको बताए ।

देशको दोस्रो ठूलो शहर ग्वायाकिलमामा विस्फोटले आठ घर र दुईवटा कारहरू ध्वस्त पारेको छ । उक्त क्षेत्रमा राष्ट्रपति गुइलेर्मो लासोले आपत्‌काल घोषणा गरेका छन् ।

ADVERTISEMENT

संगठित अपराधले देशलाई नियन्त्रण गर्न नदिने उनले प्रतिबद्धता जनाएका छन् । तटीय सहरमा ३० दिन आपत्‌काल घोषणा गरिने सुरक्षामन्त्री डिएगो ओर्डोनेजले घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज