अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण २१ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काबुल । अफगानिस्तानमा वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । साथै सयौं घाइते भएका राज्य सञ्चालित समाचार संस्था बख्तरले जनाएको छ ।

ADVERTISEMENT

भारी वर्षा र अचानक आएको बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका ठूलो संख्यामा गाउँ र बस्ती प्रभावित भएको जनाइएको छ ।

प्राकृतिक प्रकोपले सयौं आवासीय घरहरू पनि नष्ट गरेको छ र छिमेकी तीन प्रान्तहरूमा हजारौँ हेक्टर खेत र दशौँ बगैँचाहरू प्रभावित भएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज