नाथम र केयुबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र काठमाडौं विश्वविद्यालय (केयु) बीच होटल व्यवस्थापन अध्यापन गराउने सम्झौता भएको छ । पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक जनशक्ति उत्पादनका लागि सहकार्य गर्न दुवै संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा केयुका प्राध्यापक देवी विडारी र नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीले हस्ताक्षर गर्नुभएको छ ।

ADVERTISEMENT

पर्यटन मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोरोना महामारीले समस्यामा परेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि सरकारले अघि सारेको कार्ययोजनालाई सबै मिलेर कार्यान्वयन गर्न सके नेपालमा अपेक्षितभन्दा धेरै पर्यटक भित्रिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?