इरानमा १ सातामा ३२ जनालाई मृत्युदण्ड

Read Time = 1 min

तेहरान । इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा बुधबार तीन महिलालाई मृत्युदण्ड दिएको मानव अधिकार परोपकारी संस्थाले जनाएको छ । इरानको मानव अधिकार समूहका अनुसार गत साता मात्रै मृत्युदण्ड दिइएको ३२ जनामध्ये उनीहरू पनि हुन् ।

मृत्युदण्डले बढवा पाएको अधिकारीहरूको विश्वास छ । गत वर्षको तुलनामा यस वर्ष अहिलेसम्म दोब्बर मानिसहरूलाई मृत्युदण्ड दिइएको छ ।

ADVERTISEMENT

इरानले पनि अन्य देशको तुलनामा धेरै महिलाहरूलाई मृत्युदण्ड दिने गरेको उनीहरूमध्ये अधिकांशलाई आफ्नो पतिको हत्या दोषी ठहर गरिएको अधिकारवादी समूहहरूले रिपोर्ट गरेका छन् । पछिल्लो पटक मृत्युदण्डको सजाय पाउनेमा बाल विवाह गरेकी एक युवती पनि छन् ।

बुधबार इरान मानव अधिकार समूहले सोहिला अबादीलाई पतिको हत्या गरेको अभियोगमा झुन्डाइएको छ । अबादीको १० वर्षअघि १५ वर्षको उमेरमा विवाह भएको थियो ।
-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज