लादेन परिबारबाट दान स्वीकारेपछि विवादमा तानिए बेलायती राजकुमार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

लन्डन । बेलायती राजगद्दीका उत्तराधिकारी राजकुमार चार्ल्सले सेप्टेम्बर ११ का नाईके ओसामा बिन लादेनको परिवारबाट आफ्नो परोपकारी ट्रस्टलाई दिएकाे १ मिलियन पाउन्ड दान स्वीकार गरेपछि विवादमा तानिएका छन् । दान स्वीकार गरेसँगै ७३ वर्षीय राजकुमारको परोपकारी संस्थाले गल्ती गरेको आरोप लागेको छ ।

सल्लाहकारले दान नलिन सुझाव दिए पनि चार्ल्सले बकर बिन लादेन र उनका भाइ साफिकबाट शफिक चन्दा लिएका थिए । ती दुबै जना ओसामा बिन लादेनका सौतेला भाइ हुन् ।

ADVERTISEMENT

सन् २०१३ मा लन्डनको क्लेरेन्स हाउसमा ७६ वर्षीय बकरसँगको भेटपछि ७३ वर्षीय चार्ल्सले प्रिन्स अफ वेल्स च्यारिटेबल फण्ड (पीडब्लूसीएफ)लाई चन्दा लिन सहमति जनाएका थिए । उक्त विषयमा ट्रस्ट र उनको कार्यालयका सल्लाहकारले आपत्ति जनाएका थिए ।

पीडब्लूसीएफका अध्यक्ष इयान चेसाइरले उक्त चन्दा लिन त्यसबेला पाँच ट्रस्टीहरूले सहमति जनाएका थिए। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज