पाल्पामा आगलागीमा परेर एक वृद्धको मृत्यु

Read Time = 1 min

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका –४ जैखरकमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । खरले छाएको आफ्नै कच्ची घरमा अचानक आगलागी हुँदा सोही ठाउँका ७९ वर्षीय मानबहादुर सोमैको जलेर मृत्यु भएको हो ।

ADVERTISEMENT

विहीबार राति अचालनक सोमैको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । घरभित्र सुतेको अवस्थामा अचानक आगालागी हुँदा उनको ज्यान गएको हो ।

घरमा उनी एक्लै रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो । सोमैको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल ल्याईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *