एसियाली देशको भ्रमणमा निस्कँदै संयुक्त राष्ट्रसंघका महासचिव

Read Time = 1 min

संयुक्त राष्टसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस एसियाली देशहरूको भ्रमणमा निस्कन लाग्नुभएको उहाँका प्रवक्ताले बताउनुभएको छ । महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार महासचिव गुटरेस जापान, मंगोलिया र दक्षिण कोरियाको भ्रमणमा निस्कन लाग्नुभएको हो ।

महासचिव गुटरेस बिहीबार जापानका लागि प्रस्थान गर्नुहुनेछ । जापानमा उहाँ हिरोसिमामा आयोजना हुने शान्ति स्मारक समारोहमा सहभागी हुनुहुनेछ । त्यस, अवसरमा उहाँले सन् १९४५ मा भएको हिरोसिमा र नागासाकी हमलाका पीडितहरूसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम छ ।

ADVERTISEMENT

जापानमा रहँदा उहाँले त्यहाँका प्रधानमन्त्री फुमियो किसिदाका साथै अन्य विशिष्ट सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ । जापानपछि उहाँ मंगोलिया र त्यसपछि दक्षिण कोरियाको भ्रमणमा जानुहुनेछ । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज