नयाँदिल्ली । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नयाँदिल्लीको दिनदयाल मार्गस्थित भारतीय जनता पार्टीको कार्यालयमा बुधबार बिहान भएको एक घण्टा लामो भेटमा नेपाल भारत दुई देश तथा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको जनाइएको छ ।
त्यस अवसरमा कांग्रेस पूर्वउपसभापतिसमेत रहनुभएका निधिले राम जन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माणगरी राख्ने विषयमा श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका पदाधिकारीसँगको बैठक उपलब्धिमूलक भएको बताउनुभएको थियो ।
यसले दुई देशबीच रहेको आदिकालदेखिको सम्बन्धलाई सबै क्षेत्रमा दीर्घकालीन रूपमा थप बलियो बनाउने निधिले विश्वास व्यक्त गर्नुभयो । चौथाइवालेले राम मन्दिरमा धनुषा राख्ने काम महत्वपूर्ण हुने भन्दै यसले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
गत शुक्रबार अयोध्या पुग्नुभएका निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने वचन दिनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts