क्यालिफोर्नियामा मंकीपक्स संक्रमण फैलिएपछि आपतकाल घोषणा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा मंकीपक्स संक्रमण तीव्र रुपमा फैलिएपछि आपतकाल घोषणा गरिएको छ ।

क्यालिफोर्नियाका गभर्नर गोबिन न्याजामले मंकीपक्स प्रकोप नियन्त्रणका लागि भन्दै आपतकाल घोषणा गर्नुभएको हो । क्यालिफोर्नियामा मंकीपक्सका ८२७ जना संक्रमित फेला परेका छन् । जसमा ९० प्रतिशत समलिंगीहरू रहेको बताइएको छ।

ADVERTISEMENT

मंकीपक्स संक्रमण तीव्र गतिमा फैलिएपछि अमेरिकामा यसको रोकाथामका लागि विशेष गरी समलिंगीहरूलाई एक-आपसको सम्बन्धबाट टाढा रहन भनिएको छ । एउटै ओछ्यान, रुमाल र कपडा प्रयोग नगर्न तथा चुम्बन नगर्न समेत अपील जारी गरिएको छ।

यसैबीच गभर्नर न्यूजामले क्यालिफोर्नियामा मात्रै २५ हजारलाई यस विरुद्धको खोप प्रदान गरिएको जानकारी दिनुभएको छ । मंकीपक्स संक्रमितको सम्पर्कमा आएका ब्यक्तिलाई २१ दिनपछि पनि संक्रमण हुने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज