फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल रामोसको निधन

Read Time = 1 min

मनिला । फिलिपिन्सका १२औं राष्ट्रपति फिडेल रामोसको निधन भएको छ । कोरोना भाइरस (कोभिड-१९)को जटिलताबाट ९४ वर्षको उमेरमा उहाँको आइतबार दिउँसो निधन भएको हो । राष्ट्रपति फर्डिनाण्ड रोमुआल्डेज मार्कोसका सञ्चार संयोजक रोज बीट्रिक्स क्रुज-एन्जेल्सले पूर्वराष्ट्रपति रामोसको निधनको पुष्टि गर्नुभएको छ ।

ADVERTISEMENT

पूर्वराष्ट्रपति रामोसको परिवारले पनि आफ्ना अभिभावकको मृत्युबारे औपचारिक वक्तव्य जारी गरेको छ । ‘राष्ट्रिय प्रतिरक्षा विभाग पूर्वराष्ट्रपति रामोसको निधनमा शोकाकुल भएको छ र राष्ट्रको साथमा छ’, राष्ट्रिय प्रतिरक्षा विभागका प्रवक्ता आर्सेनियो एण्डोलोङले फिलिपिन्सको सशस्त्र बलको आधुनिकीकरण र व्यावसायिकताको श्रेय रामोसलाई दिँदै भन्नुभएको छ । राष्ट्रपति बन्नुअघि एक सम्मानित सिपाही, कूटनीतिज्ञ र राष्ट्रिय रक्षामन्त्रीका रूपमा उहाँले रामोसलाई सम्झनुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज