युक्रेनी कैदी मृत्युको अनुसन्धान गर्न रुसको माग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मस्को । रुसले मस्को समर्थित पृथकतावादीहरूले राखेको जेलमा दर्जनौं युक्रेनी कैदीहरूको मृत्युको छानबिन गर्न संयुक्त राष्ट्र संघ र रेड क्रसका विशेषज्ञहरूलाई आमन्त्रित गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

एक विज्ञप्तिमा मन्त्रालयले यसै साताको सुरुमा जेलमा भएको आक्रमणलाई ‘वस्तुनिष्ठ अनुसन्धान सञ्चालन गर्ने हितमा’ काम गरिरहेको बताएको छ ।

ADVERTISEMENT

रुस समर्थित पृथकतावादीहरूले मृतकको कुल संख्या ५३ रहेको जनाएको छ । किभले जेलमा रकेट प्रहार गरेको उसले आरोप लगाउँदै आएको छ ।

तर, युक्रेनको सशस्त्र बलले आक्रमण अस्वीकार गरेको छ । रुसी गोलाबारीले जेललाई निशाना बनाएको उसले आरोप लगाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज