विराटनगर । नेपाल डिस्टिलरिज प्रालि (एनडिपिएल)ले एक बृहत् क्षमता अभिवृद्धि तालिम कार्यक्रममार्फत् सीमान्तकृत उखु किसानलाई सशक्तीकरण गरेर दिगो विकासप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको छ । गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमा कृषिको महत्वपूर्ण भूमिका आत्मसात गर्दै एनडिपिएल आफ्नो सेवा क्षेत्रभित्रका समुदायमा कृषि प्रविधिको ज्ञान विस्तार र प्रयोगमा अभ्यस्त बनाउन क्रियाशील रहेको छ । किसानलाई उत्पादकत्व र लचिलोपन सुधार गर्न दिगो कृषि प्रविधिको ज्ञानको विकास गर्ने उद्देश्यले २०८१ मंसिर १० र ११ गते कम्पनीले विराटनगर र सर्लाहीको लालबन्दीमा क्षमता अभिवृद्धि तालिम कार्यक्रम आयोजना गरेको थियो ।
विराटनगरमा सञ्चालित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेश योजना आयोगका सदस्य, विराटनगर महानगरपालिकाका मेयरलगायत स्थानीय नेता तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो भने लालबन्दीमा भएको कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयरलगायत स्थानीय नेता तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
कार्यक्रममा सहभागीहरूले स्थानीय कृषकका समस्या तथा चुनौती सामना गर्न आवश्यक सहयोग एवं क्षमता अभिवृद्धि तालिम प्रभावकारी हुने भन्दै एनडिपिएलको पहलको प्रशंसा गरेका थिए । कार्यक्रमलाई किसानले आफ्नो कृषि प्रविधि सुधार गर्ने अवसरका रूपमा लिँदै सक्रियरूपमा सहभागिता जनाएका थिए । तालिममा सहभागी ८० कृषकलाई कृषि उत्पादकत्व र लचिलोपन सुधार गर्न आवश्यक सीप र ज्ञान हासिल गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । कार्यक्रमले दिगो खाद्य उत्पादन प्रणाली र लचिलो कृषि प्रविधिमा जोड दिँदै किसानलाई वातावरणीयरूपमा स्वस्थ र जलवायुमैत्री अभ्यास अपनाउन सशक्त बनाएको थियो । जुन पहलले एनडिपिएलको स्थानीय समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउन र दिगो विकासप्रतिको प्रतिबद्धताबारे चेतना बढाउन भूमिका खेल्ने विश्वास गरिएको आयोजकको भनाइ छ ।
आयोजकका अनुसार यस्ता कार्यक्रममार्फत् एनडिपिएलले सुधारिएको कृषि अभ्यास प्रवद्र्धन गर्ने, आय वृद्धि गर्ने र सामुदायिक लचिलोपन सुदृढ बनाउने लक्ष्य लिइएकोे छ । थप उत्पादनशील र दिगो कृषि प्रणाली निर्माण गरेर एनडिपिएलले हरेक किसानको जीविकोपार्जनमा योगदान दिँदै दीर्घकालीन खाद्य सुरक्षाको क्षेत्रसँगै नेपालका केही कमजोर समुदायमा गरिबी न्यूनीकरणमा समेत योगदान दिइरहेको छ ।
नेपाल डिस्टिलरिज प्रालि नेपालमा मदिरा उत्पादनमा अग्रणी कम्पनी हो, जुन आफ्नो प्रमुख ब्राण्ड खुकुरी रमका लागि प्रख्यात छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा