काठमाडौं । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको १२औँ वार्षिक साधारणसभा तथा बौद्धिक सम्पत्तिसम्बन्धी विचार गोष्ठी सम्पन्न भएको छ । साधारणसभाले विशुकुमार केसीको अध्यक्षतामा नयाँ कार्यसिमिति चयन गरेको छ ।
उपाध्यक्षमा अमरबहादुर थापा, महासचिवमा लक्ष्मणप्रसाद रिमाल, सचिवमा सरोज खनाल र कोषाध्यक्षमा शिवा थापा रहनुभएको छ । सदस्यमा चुडामणि देवकोटा, डा. प्रतिभा पाण्डे, अधिवक्ता लक्ष्मी सापकोटा, अधिवक्ता मुकेश ढुंगाना र सज्जनवर सिंह थापा रहनुभएको छ । यसअघि समाजको अध्यक्ष मधुसुदन पौडेल हुनुहुन्थ्यो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता