काठमाडौं । जस्मिन पेन्ट्सले जोर कुसुम पार्कमा वृक्षारोपण गरेर एनपिएलमा गरेको प्रतिबद्धताको कार्यान्वयन सुरु गरेको छ । जस्मिन र नेपाल क्रिकेट एसोसिएसन(क्यान)को सहकार्यमा चितवनको भरतपुरस्थित जोर कुसुम पार्कमा वृक्षारोपण गरिएको हो । क्यानका सचिव पारस खड्काले वर र पिपलको बिरुवा रोपी कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
हालै सम्पन्न नेपाल प्रिमियर लिगअन्तर्गतको सम्पूर्ण खेलमा भएका चौका र छक्काको संख्याका आधारमा बिरुवा रोपिने जस्मिन पेन्ट्सको प्रतिबद्धताअनुरूप शुक्रबारबाट वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको कम्पनीले जनाएको छ । जसअन्तर्गत छ सय ५३ चौका र तीन सय ४३ छक्का रहेका थिए ।
कम्पनीका ब्राण्ड एम्बेस्डरसमेत रहनुभएका पारसले नेपाली खेल जगत्मा जस्मिन पेन्ट्सले गरेको सहयोगले क्यानलाई थप हौसला मिलेको भन्दै कम्पनीको योगदानको कदर गर्दै आगामी दिनमा पनि साथ सहयोगको अपेक्षा रहेको बताउनुभयो । जस्मिन पेन्ट्सले एनपिएलअघिदेखि नै प्रत्येक चौकामा एक बिरुवा र प्रत्येक छक्कामा दुई बिरुवा रोपिने प्रतिबद्धता व्यक्त गरेको थियो । सोही प्रतिबद्धताअनुसार जम्मा १३ सय ३९ बिरुवा शुक्रबारदेखि सुरु गरी विभिन्न स्थानमा वृक्षारोपण गरिने कम्पनीका सञ्चालक लक्ष्मण अर्यालले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts