शहबाज सरिफलाई पदमुक्त गर्न माग गर्दै इमरान खान पुगे सर्वोच्च अदालत

Read Time = 1 min

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका नेता इमरान खानले प्रधानमन्त्री शहबाज सरिफ र उनको मन्त्रिपरिषद्लाई बर्खास्त गर्न उच्च अदालतमा निवेदन दिएका छन् ।

पीटीआईका वरिष्ठ नेता आन्दलीब अब्बास र हसन नियाजीले दायर गरेको निवेदनमा प्रधानमन्त्री शहबाज र उनका प्रमुख सचिवलाई सम्पत्ति शुद्धीकरण मुद्दालाई उठाइएको छ ।

ADVERTISEMENT

प्रधानमन्त्री विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा सक्रिय भए पनि उनी र उनको मन्त्रिपरिषद्का सदस्यले मुद्दामा घोषित अपराधीहरूलाई भेट्न लन्डन भ्रमण गरेको, जुन गरे, जुन कानुनको प्रष्ट उल्लङ्घन भएको निवेदनमा दाबी गरिएको छ ।

प्रधानमन्त्री शहबाजले लन्डन भ्रमणमा पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भेटेको र जारी राजनीतिक, संवैधानिक र आर्थिक समस्याबाट आफ्नो पार्टीलाई अगाडि बढाउन सल्लाह मागेको बताइएको थियो ।
-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज