
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटना बर्दघाट उद्योग वाणिज्य संघद्वारा आयोजित आठौँ बर्दघाट महोत्सवमा पहिलोपटक प्रदर्शन गरिएको आर्टिफिसियल फिस टनेल विशेष आकर्षणको केन्द्र बनेको छ । नयाँ प्रविधि र सिर्जनात्मक प्रयोगमार्फत् महोत्सवमा आएका दर्शकलाई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले टनेल राखिएको हो ।
आर्टिफिसियल फिस टनेलमा कञ्चन पानीभित्र विभिन्न प्रजातिका रंगीन माछा तैरिरहेको दृश्य अवलोकन गर्न सकिन्छ । यो दृश्यले विशेषगरी बालबालिका, युवा र परिवारलाई आकर्षित गरिरहेको छ । दिनभर टनेल हेर्न दर्शकहरूको घुइँचो देखिन्थ्यो । महोत्सवका आयोजकहरूका अनुसार आर्टिफिसियल फिस टनेल महोत्सवमा नयाँपन ल्याउन विशेषरूपमा तयार पारिएको फिस टनेल ल्याइएको संघका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद गौतमले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘विदेशी महोत्सवहरूमा देखिने यस्ता सिर्जनात्मक प्रयोगलाई हामीले यहाँ पनि भिœयाएका छौँ । यो महोत्सवमा थप आकर्षणको केन्द्र बन्ने विश्वास छ ।’
मेला घुम्न आएका दर्शकहरूले आ–आफ्नो टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जाल र डिजिटल माध्यममा टनेलका तस्बिर तथा भिडियो भाइरल भइरहेका छन् । बर्दघाट–११ की अन्जु चौधरीले यसपटकको मेलामा फिस टनेल नयाँ देख्न पाएकोमा खुसी लागेको बताउनुभयो । ४३ वर्षीया चौधरीले हालसम्म फिस टनेल नदेखेको बताउँदै भन्नुभयो, ‘मैले जीवनमै पहिलोपटक फिस टनेल देखेँ, माछासँगै फोटो खिचेर टिकटक बनाएँ ।’ चौधरीमात्रै होइन, बर्दघाट मेलामा जाने धेरैले फिस टनेल पहिलोपटक नै देखेको प्रतिक्रिया दिएका छन् । पुस ८ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधि तथा स्थानीय उत्पादन र प्रविधिको प्रदर्शनी राखिएका थिए । आयोजकले महोत्सवले क्षेत्रीय व्यापार, पर्यटन प्रवद्र्धन र मनोरञ्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच