काठमाडौं । ओडिएको पुष्टि, स्वाद र सन्तुष्टि भन्ने नाराका साथ युवा उद्यमीहरूले ओखलढुंगे डेरी एण्ड एग्रो फुड प्रालि सञ्चालनमा ल्याएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित उद्योग एक समारोहबीच भक्तपुर क्षेत्र नम्बर २ का संघीय सांसद दुर्लभ थापाले उद्घाटन गर्नुभएको हो । नेपाल डेरी उद्योग संघका उपाध्यक्ष दीपप्रसाद धमलाको पारिवारिक टिमले सञ्चालनमा ल्याएको उद्योगले दूधभन्दा पनि अन्य दुग्धजन्य पदार्थ उत्पादन र बजारीकरण गर्ने लक्ष्य लिएको छ ।
धमलाको पारिवारिक टिमले सञ्चालनमा ल्याएको डेरीले दूधभन्दा पनि अन्य दुग्धजन्य पदार्थ उत्पादन र बजारीकरण गर्ने लक्ष्य लिएको छ ।
दुग्धजन्य पदार्थको विविधिकरण हुन नसकेका कारण पछिल्लो समय डेरी उद्योगले उत्पादन गरेका दूध तथा बटरलगायतका वस्तु बिक्री हुन सकेको छैन । जसका कारण दुग्ध किसानको भुक्तानीमा समस्या देखिएको छ । यस्तो समस्या आउन नदिन ओखलढुंगे डेरी एण्ड एग्रो फुडले दूध, दही, पनिर, बटर घिउका साथै खुवा, रसभरी, लालमोहन, आइसक्रिम, कुल्फी, खुवा, भुजिया, पनिर मःम, गुदपाक, पुष्टकारीलगायका उत्पादन सुरु गरेको हो । सञ्चालनमा आएको उद्योगबाट दैनिक पाँच हजार लिटर दूध खपत हुने र १० देखि १५ जनासम्म प्रत्यक्षरूपमा रोजगारीे सिर्जना हुने अध्यक्ष धमलाले बताउनुभएको छ । उहाँका अनुसार उद्योगबाट दैनिक तीन लाख ५० हजार नगद कारोबार ग्रामीण क्षेत्रमा प्रवाह हुनेछ । धमलाले भन्नुभयो, ‘हामीले युवालाई प्रेरणा दिन, स्वदेशी उत्पादन उपभोग गर्न, स्वदेशी अर्थतन्त्र बलियो बनाउने कार्यमा उद्योगले सहयोग पुर्याउने विश्वास लिएका छौँ । किनभने स्वदेशी उत्पादनको प्रवद्र्धन नगरी मुलुक समृद्ध बन्न सक्दैन । अहिले विभिन्न बहानामा विभिन्न वस्तु बाहिरबाट ल्याउने गरिएको छ, त्यसले देशलाई कंगाल बनाउँछ ।’ नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रहृलाद दाहालले दुग्धजन्य पदार्थको विविधिकरण गरेरमात्रै दूध तथा दुग्धजन्य पदार्थको खपत बढ्न सक्ने बताउनुभयो ।
सो अवसरमा सूर्यविनायक नगरपालिका–२ का वडाध्यक्ष प्रतित कार्की, पशु सेवा विभागका उपमहानिर्देशक लेखराज दाहाल, उद्योग वाणिज्य महासंघअन्तगर्तको कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतका साथै सांसद थापाले डेरी उद्योग प्रवद्र्धनका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा