अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरसबाट मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

रियो दि जेनेरियो । अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरस संक्रमणका कारण मृत्यु भएको छ । मंकीपक्सका कारण ब्राजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ ।  ब्राजिलमा अहिलेसम्म १,०६६ जनामा मंकीपक्स पुष्टि भएको छ ।

त्यस्तै स्पेनले पनि भाइरससँग जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ । मंकीपक्सबाट मृत्यु भएको युरोपमै पहिलो घटना हो । भाइरसबाट स्पेन सबैभन्दा संक्रमित देशमध्ये एक हो । स्पेनमा अहिलेसम्म ४ हजार २९८ जनामा मंकीपक्स देखिएको छ । तीमध्ये १३० जना अस्पताल भर्ना भएका छन् ।

एक साताअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।
उनी लिम्फोमा र कमजोर प्रतिरक्षा प्रणालीबाट पीडित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

मङ्कीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ । विज्ञहरुका अनुसार यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ । सङ्क्रमण भएपछि ठेउलाको जस्तो फोका देखिन्छ । सङ्क्रमित व्यक्तिको सम्पर्कमा आउने अन्यमा पनि यो भाइरस सर्न सक्छ।

ज्वरो आउने, टाउको दुख्ने, ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्या यो रोगका लक्षण हुन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज