गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । उत्तरी र मध्य गाजा पट्टीमा बुधवार इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली विमानले उत्तरी गाजाको जबलिया अल-बलादमा रहेको एउटा घरमा आक्रमण गर्दा अधिकांश बालबालिकाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको छ ।

मध्य गाजाको अल-बुरेइज क्याम्पमा रहेको एउटा घरमा इजरायली बमबारीका कारण थप दुई जनाको मृत्यु भएको छ। । इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बुधवार एक चेतावनी विज्ञप्तिमा अल-बुरेज क्षेत्रका केही ब्लकका बासिन्दाहरूलाई आक्रमण गर्नुअघि मानवीय क्षेत्रमा तुरुन्तै सर्न आग्रह गर्नुभयो ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजामा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । जसमा लगभग १ हजार २ सय मानिस मारिएका थिए भने लगभग २५० जनालाई वन्धक बनाएका थिए ।

ADVERTISEMENT

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४५ हजार ५५३ पुगेको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?