काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीसँग एकजुट भइसकेको बताउनु भएको छ ।
पार्टी एकताका विषयमा आज नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा अध्यक्ष माधव नेपालसँग छलफल गरेपछि गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनु भएको हो ।
पार्टीमा नेता गौतमलाई वरिष्ठ नेताको पदसहित तेस्रो वरियता दिने विषयमा सहमति भएको छ । गौतम नेतृत्वको अभियानबाट एकतामा सहभागी हुने नेताको हैसियतअनुसारको पद व्यवस्थापन गौतम नेतृत्वको अभियानबाट एकतामा सहभागी हुने नेताको हैसियतअनुसारको पद दिने गरी सहमति जुटेको छ ।
गौतमसँगको छलफलमा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, सचिव सावित्रा भुसाल, गणेश विक, चन्द्रबहादुर शाही, स्थायी कमिटी सदस्य बलराम बास्कोटासहितका नेता सहभागी हुनुहुन्थ्यो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा