काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतम र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
सांसद गौतम र डा. भट्टराईबीच मंगलबार बिहान भेटघाट भएको हो ।
सांसद गौतम आफ्ना श्रीमान गृहेन्द्र घिमिरेलाई लिएर भट्टराई निवासमा पुग्नुभएको थियो । घिमिरे उद्यमीसमेत हुनु हो ।
उहाँहरुबीच देशको अर्थ(राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा छलफल भएको डा भट्टराईले जानकारी दिनुभयो ।
भेटबारे जानकारी दिँदै भट्टराईले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तीसँग देशको अर्थ–राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श।’
रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा हिरासतमा रहेपछि रास्वपा र बाबुरामबीच छलफल र भेटघाट भइरहेको छ ।
केही दिनअघि बाबुराम स्वयं रवि भेट्न कास्की पुग्नुभएको थियो । उहाँले रविलाई सरकारले प्रतिशोध साँधेको बताउँदै आउनु भएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा