नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बधको सर्वाधिक मजबुत पक्ष भनेको यी दुई देशबीचको धार्मिक, सामाजिक र सांस्कृतिक सम्बन्ध नै हो । एकसमान खानपान रहनसहन, भाषा-पहिरन र संस्कारले हामीलाई एक अर्काका लागि अभिन्न बनाइदिएको छ । त्रेतायुगमा अयोध्याका राजकुमार श्रीराम, मिथिलाकी राजकुमारी सितको शुभ-विवाह भएदेखि नै नेपाल र भारतका जनताबीचको वैवाहिक सम्बन्ध राजपरिवारदेखि सर्वसाधारण परिवारसम्म सामान्य भइसकेको छ ।
यस सम्बन्धलाई प्रगाढ बनाउन दुवै देशतर्फबाट नियमित रूपमा विभिन्न किसिमका प्रयास भइरहेका छन् । यसै सन्दर्भमा गतसाता जनकपुरधाममा ‘रामायण कन्कलेभ’को सफल आयोजन गरियो, यसमा दुवै देशका धर्मगुरुहरू सहभागी भई आआफ्नो प्रवचनमार्फत त्रेतायुग कालीन स्वर्गीय घटनाहरूको स्मरण गराउनुका साथै पूरै जनकपुरलाई ज्ञानको प्रकाशबाट लाभान्वित गरे । भारतका विभिन्न शहरबाट आएका कविहरूले आफ्नो कविता वाचनमार्फत विद्वान श्रोताहरूलाई मन्त्रमुग्ध पारे । शास्त्रीय गायक र गायिकाहरूले पनि आफ्नो प्रस्तुति दिए । समग्रमा भन्नुपर्दा यो पहिलो ‘रामायण कन्कलेभ’ले आफ्नो आयोजनको सफलतालाई पुष्टि गरेको छ । यसले हाम्रा द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनेछ ।
रामायण कान्कलेभको पहिलो सत्रमा ‘रामायण समागम’अन्तर्गत भारतका जगदगुरु विद्याभाष्कर महाराज, सन्त सुखदेव दास, बालक दास र नेपालका धर्मगुरु डा.पुरुषोत्तम आचार्य, रामानन्द महाराजसहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरौशन दास वैष्णवले रामायणकाल देखिका सांस्कृतिक सम्बन्धका सूक्ष्मतम तथा विहंगम पक्षबारे उल्लेख गरेका थिए ।
दक्षिण छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, सनातन धर्म-संस्कृतिप्रति केवल आस्थावानमात्रै छैनन्, अपितु यसको संरक्षण र सम्बद्र्धन पनि भइरहेको हेर्न चाहन्छन् । केही वर्षअघि उनले ने जगदजननी जानकी र मर्यादापुरुषोत्तम श्रीरामको जीवनगाथासँग जोडिएका महत्वपूर्ण घटना र स्थलहरूलाई जोडी ‘रामायण सर्किट’ बनाउनुपर्ने प्रस्ताव गरेका छन् । माता जानकीको जनकपुरधाम नेपाल, भारतका विभिन्न ठाउँ र लङ्काका राजा रावणले माता सीतालाई हरण गरी लगेको देश श्रीलंगाका विभिन्न स्थलहरूलाई समेत जोडी ‘रामायण सर्किट’ निर्माणको प्रस्ताव गरेका थिए ।
उनको यस चाहनाले त्यति बेलामात्रै मूर्तरूप लिन सक्दछ जब यसमा नेपाल सरकार र श्रीलंगाको सरकारले पनि भारत जस्तै चासो देखाउनेछन्, उत्साह र सक्रियता देखाउने छन् । एक्लै भारत मात्रको प्रयासले यो सम्भव हुने छैन । रामायण सर्किटको निर्माणले नेपाल, भारत र श्रीलंकाबीचको सांस्कृतिक सम्बन्धले प्रगाढता पाउनेछ । भोलिका दिनमा बौद्ध सर्किटको निर्माणको मार्ग पनि प्रशष्त गर्नेछ किनभने भगवान गौतम बुद्धको जन्मभूमि नेपाल, उनको ज्ञान प्राप्तिभूमि तथा निर्वाण प्राप्तिभूमि भारत र बौद्ध राष्ट्र श्रीलंकाकाको भूमिका महत्वपूर्ण रहनेछ ।
भारतको उत्तर प्रदेश पर्यटन विभाग, अन्तर्राष्ट्रिय रामायण एवं बैद्धिक शोध संस्थान अयोध्या (संस्कृति विभाग, उत्तर प्रदेश) तथा जानकी मन्दिर जनकपुरधाम एवं जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा जानकी मन्दिरको प्रांगणमा नै दुई दिने रामायण कन्कलेभको आयोजना गरिएको थियो । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई पुनर्ताजगी प्रदान गर्न र अझ बढी बलियो बनाउने उद्देश्यले दुई दिवसीय अन्तर्राष्ट्रिय रामायण कन्कलेभको आयोजना गरिएको थियो ।
रामायण कान्कलेभको पहिलो सत्रमा ‘रामायण समागम’अन्तर्गत भारतका जगदगुरु विद्याभाष्कर महाराज, सन्त सुखदेव दास, बालक दास र नेपालका धर्मगुरु डा.पुरुषोत्तम आचार्य, रामानन्द महाराजसहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरौशन दास वैष्णवले रामायणकाल देखिका सांस्कृतिक सम्बन्धका सूक्ष्मतम तथा विहंगम पक्षबारे उल्लेख गरेका थिए ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरौशन दास वैष्णवले जनकपुरले वर्तमान युगमा पनि रामायणको महत्वलाई जीवितै राखेको छ भन्दै यहाँ नारी जातिको उच्च सामान दिने परम्परा आज पनि कायम रहेको छ । मिथिलामा आज पनि घर घरमा सीतालाई आफ्नै दिदीबहिनी मानेर नै घरघरमा पूजा गर्ने गरिन्छ । यो भूमिलाई छोरीको महिमाले चिनिन्छ । जनकपुर, महिलालाई सम्मान गर्ने, छोरीलाई सम्मान गर्ने ठाउँका रूपमा विश्वमै विख्यात रहेको छ, भन्नुभयो । जनकपुरले विश्वलाई नै शान्ति, प्रेम र मिलनको सन्देश दिन्छ । जनकपुर र अयोध्याबीचको सम्बन्ध प्रेम र सदभावको सम्बन्ध हो । मिथिला ज्ञानको भूमि हो ।
राजर्षि जनक स्वयं पनि महान् विद्वान थिए । नीति र धर्मशास्त्रका ज्ञाता राजर्षि जनक न्याय सम्पादनका लागि पनि विश्व प्रसिद्ध थिए । आफ्नी सुपुत्री राजकुमारी जानकीलाई, मर्यादा पुरुषोत्तम श्रीरामसँग १४ वर्षका लागि वनबास जाने निर्णय दिनु सामान्य पितााट सम्भव थिए । धर्माचार्यहरूले जनकपुर र अयोध्या तथा जगदजननी जानकी र मर्यादा पुरुषोत्तम श्रीरामका महान् गुण, त्याग, नीति, समर्पणको चर्चा गरे तथा नेपाल-भारत सम्बन्धलाई अझ कसरी प्रगााढ बनाउन सकिन्छ, भन्ने विषयमा प्रवचन दिएका थिए । धर्मगुरुहरूका सम्बोधन र प्रवचनले सम्पूर्ण वातावरणलाई नै आध्यात्मयम बनाइदिएको थियो र श्रोताहरूले आफू त्रेतायुगमै पुगेको जस्तो अनुभव गरेका थिए ।
यस्ता कार्यक्रमको आयोजना जनकपुरधाममा हुनु र त्यो पनि पहिलो हुनु खुशीको कुरा हो । यस्ता ऐतिहासिक धार्मिक र सांस्कृतिक कार्यक्रमहरू जनकपुर र अयोध्याका साथै काठमाडौं र नयाँदिल्लीमा पनि हुनुपर्दछ । नेपाल–भारतका अन्य शहररुमा पनि हुनुपर्छ । यसले हाम्रा धार्मिक-सांस्कृतिक र सामाजिक सम्बन्धलाई अझै बलियो बनाउनेछ ।
कान्कलेभमा रामायणको झझल्को दिने तथा भारत-नेपालबीचको लोक-सांस्कृतिमा आधारित नृत्यहरूको पनि मञ्चन गरिएको थियो । भारतको मथुराबाट आएका कलाकारहरूले प्रस्तुत गरेको बमरयिमा र धोविया नृत्य तथा जनकपुरको मिथिला नाट्यकला परिषदद्वारा आयोजना गरिएको जानकी लीला प्रदर्शनले दर्शकहरूलाई भाव र विचारले रोमाञ्चित बनाएको थियो । जनकपुरको मैथिली विकास कोषको आयोजनामा झिझिया एवं क्षरी नृत्य प्रस्तुत गरिएको थियो ।
विश्वप्रसिद्ध भजन गायक अनुप जलोटाले नेपाल-भारत तथा मिथिला र अवधको सम्बन्धको चर्चा गर्दै माता जानकी र प्रभु श्रीरामको महानताबारे चित्रण गर्दै विभिन्न भजनहरू सुनाउनुभयो । उहाँका भजनहरूले पूरै वातावरणलाई राममय बनाएको थियो भने उनका कतिपय प्रसिद्ध भजनहरूले जनकपुरधामका पारखी श्रोता र समर्पित भक्तजनहरूलाई आस्था र भक्तिको सागरमा डुबुल्की लगाउने पर्याप्त अवसर प्रदान गरेको थियो । भारतको प्रसिद्ध पदमश्री पुरस्कारबाट सम्मानित भजनगायक अनुप जलोटाको भजनसन्ध्याले कार्यक्रमलाई निकै नै मनोरम र भव्य बनाएको थियो । अनुप जलोटाका पिता पुरुषोत्तमदास जलोटा पनि महान् शास्त्रीय गायक थिए ।
कान्कलेभको दोस्रो दिन रामार्चन काव्य सन्ध्याको आयोजन गरिएको थियो । जसमा भारत लखनउकी सुप्रसिद्ध गायिका मालिनी अवस्थीले आफ्नो प्रस्तुति दिएकी थिइन् । मालिनी अवस्थीलाई भारतको उच्चकोटीको लोक तथा शास्त्रीय गायिका मानिन्छ । उनको गायनको स्तर र प्रस्तुति विश्वस्तरीय हुने गर्दछ । उनी दर्जनौं भाषामा शास्त्रीय र लोकगायनमा निपुण मानिन्छिन् । माता जानकीको मन्दिर प्रांगणमा आफ्नो प्रस्तुति दिन सक्नुलाई उनले आफ्नो जीवनको अभूतपूर्व र ऐतिहासिक क्षण बताउनुभयो ।
रामार्चन काव्यसन्ध्या आयोजनाकै क्रममा भारतका प्रसिद्ध हास्यकवि डा.अनिल चौबे, चिराग जैन, अभय निर्भिक, सुफलता त्रिपाठी र युवा कवि सौरभ जायसवालले आ-आफ्नो कविताको वाचन गरेका थिए । ‘रामायण कान्कलेभ’ को परिकल्पना आफैंमा यसको सफलताको संकेत हो । यस्ता कार्यक्रमको आयोजना जनकपुरधाममा हुनु र त्यो पनि पहिलो हुनु खुशीको कुरा हो । यस्ता ऐतिहासिक धार्मिक र सांस्कृतिक कार्यक्रमहरू जनकपुर र अयोध्याका साथै काठमाडौं र नयाँदिल्लीमा पनि हुनुपर्दछ । नेपाल-भारतका अन्य शहररुमा पनि हुनुपर्छ । यसले हाम्रा धार्मिक–सांस्कृतिक र सामाजिक सम्बन्धलाई अझै बलियो बनाउनेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता