चितवन । सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर क्षेत्रीय होटल संघ (हान) सौराहाले सन् २००५ देखि हात्ती महोत्सव सुरू गरेको हो । यो १८ औं हात्ती महोत्सव हो ।
सौराहा आडको बाङमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गते सोमबारसम्म महोत्सव सञ्चालन हुने छ । यो महोत्सवमा हात्तीका विभिन्न खेल र मनोरंजन गतिबिधि देखाउने गरिन्छ, आज उक्त महोत्सव को अबसरमा हात्ती सुन्दरी प्रतियोगिता भएको छ। उक्त प्रतियोगितामा दर्जन भन्दा बढी हात्ती सहभागी गरिएको थियो भने हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षिया ‘बिजुलीकली’ले जितेकी छिन् ।
बागमारा सामुदायिक वनको चौरमा आज आयोजित प्रतियोगितामा शृङ्गार, चालचलन, अनुशासन, आज्ञाकारी, हिँड्दाको चाल, स्वास्थ्यलगायतका बुँदामा उनी सबभन्दा उत्कृष्ट हुन सफल भइ उपाधि जितेकी हुन् ।




तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता