काठमाडौं । कैलालीको धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । आफ्नो प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न धनगढीका चालकहरू बजाज माइलेज च्याम्पियनमा सहभागी भएका थिए ।
धनगढीको चटकपुर चोकअन्तर्गत ट्रक व्यवसाय भवनमा सम्पन्न माइलेज च्याम्पियनमा रामदयाल रानाले ८८ किलोमिटर प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्नुभएको थियो भने ८५ किलोमिटर प्रदर्शनका साथ नरबहादुर साउद दोस्रो र ८४ किलोमिटरसहित चित्र भण्डारी तेस्रो हुनुभएको कम्पनीले जनाएको छ ।
माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा करिब सयजनाको सहभागिता थियो । ग्राहक वर्गलाई बजाज प्लेटिनाको माइलेजबारे जानकारी दिन च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रविन खत्रीले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts