✍️ युवराज मैनाली
नेपालको पत्रकारिताका क्षेत्रमा उल्लेखनीय अखबारहरूमध्ये एक विशिष्ट नाम हो हिमालय टाइम्स । पत्रकारिताका माध्यमबाट शिक्षानीति, राजनीति, संस्कृति, सामाजिक परम्परा, बौद्धिक जागरण, मर्यादित संस्कार समाजमा स्थापित गराउन एक भरपर्दो, विश्वसनीय सशक्त साधनका रूपमा यो क्षेत्र देखापर्दछ भने यसकै अन्तर गर्भमा रहेर कार्यरत ठान्छु म ।
नेपालको बहुआयामिक पृष्ठभूमिलाई अध्ययन गरेर भन्नुपर्दा हिमालय टाइम्सको भूमिकालाई उच्च मूल्यांकन गरेर हेरिनुपर्ने हुन्छ । यसले आफ्नो तीन दशकको यात्रामा देश र जनताप्रति उत्तरदायी भएर निर्भीकतापूर्वक निर्वाह गरेको भूमिका कम ऐतिहासिक छैन । विशेष गरेर यसले खोजी पत्रकारिताका क्षेत्रमा एक शीर्षस्थ स्थान ओगटेको देखिन्छ ।
वर्तमान युग सूचना र सञ्चारको युग हो । हिटा जस्तो लोकप्रिय अखबारलाई राष्ट्रको समृद्धिमा जोडेर जुन हिसाबले अगाडि बढेको छ, अझ बढाउन सकिन्छ । यस दिशामा यो जाँदै छ र लैजान सकिने आधारहरू प्रशस्त छन् । राजा जयपृथ्वीवहादुर सिंहले त्यसकालको नेपालमा गोरखापत्र (गोर्खापत्र) प्रकाशन गरेर सुरु गरेको पत्रकारिता जगत् वा कागजी सञ्चार जगत् आज विविध रूप र प्रविधिमा फैलिइसकेको छ । अहिलेका विकसित स्थितिलाई आत्मसात गरेर भन्ने हो भने एउटा ठूलै क्रान्तिकारी फड्को मारेको देखिन्छ सञ्चार जगत्ले । आठ दशकअघि सूचना र सञ्चार क्षेत्रबाट नेपाली समाज अलग थियो, अनभिज्ञ बराबर, अन्धकारको स्थितिमा रूमलिन विवश थियो नै ।
२००७ सालको क्रान्ति, २०३६ सालको जनमत संग्रह, २०४१ सालको जनआन्दोलन र २०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलनहरूलाई नेपाली प्रेसजगत्ले ठूलो सहयोग गरी कठिनभन्दा कठिन चुनौती, बाधा र अवरोधलाई सूक्ष्मतापूर्वक अवलोकन गर्दै नेपाली समाजको मनोरूपान्तरणका लागि महत्तम भूमिका नखेलेको होइन तर यसअघि अर्थात् राणा र पञ्चायतकालमा नेपाली पत्रकारिता जगत् चुनौतीपूर्ण संघर्षमै थियो ।
बदलिँदो परिस्थितिमा वाकस्वतन्त्रता र मानवअधिकारलाई पूर्ण उपभोग गर्दै डिजिटल अर्थात् प्रविधिका युगमा पूर्णतः समाहित भएको छ । यस सेरोफेरोमा यो छापा माध्यमको हिमालय टाइम्सले हिमाल, तराई, पहाड र उपत्यका समेतलाई जोड्दै सर्वसाधारण नेपाली जनमनसम्म छुन पुगेको छ । राज्यव्यवस्थाका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पछिको चौथो अंगका रूपमा प्रेस जगत्ले सुशासन, विकास एवं समृद्धिमा अहं भूमिका निर्वाह गर्दै आएको छ । प्रेसजगत्को सदुपयोग हुनसकेकाखण्डमा देशको चौतर्फी विकास र समृद्धि सम्भव हुन्छ । कतिपय मानिसले प्रेस जगत्को मर्म र भावनालाई कदर गर्न नसक्दा दुर्घटना हुन्छन् भन्ने कुरा अमेरिकाको वाटरगेट काण्डले नै स्पष्ट पारिसकेको छ ।
विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक राष्ट्र भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले भन्ने गर्दथे-मलाई दुनियाँमा कोहीसित डर लाग्दैन, मलाई एकमात्र डर लाग्ने संस्था आरके कमर्जियाको ब्लिग हो ।’ पण्डित नेहरु जस्ता आन्दोलन र क्रान्तिबाट भारतलाई ब्रिटिश उपनिवेशमुक्त गराउने एक लोकप्रिय नेता अखबारलाई कति सम्मान गर्थे भन्ने महत्तम उदाहरण हो यो ।
राष्ट्र र जनताका बीचमा एक भरपर्दो सेतु बन्न सफल रहेको माध्यम अखबारलाई सामान्य रूपबाट आँकलन गर्न खोज्नु भ्रम हुनजान्छ । तसर्थ नेपालको बहुआयामिक पृष्ठभूमिलाई अध्ययन गरेर भन्नुपर्दा हिमालय टाइम्सको भूमिकालाई उच्च मूल्यांकन गरेर हेरिनुपर्ने हुन्छ । आफ्नो तीन दशकको यात्रामा देश र जनताप्रति उत्तरदायी भएर निर्भीकतापूर्वक निर्वाह गरेको भूमिका कम ऐतिहासिक छैन । विशेष गरेर यसले खोजी पत्रकारिताका क्षेत्रमा एक शीर्षस्थस्थान ओगटेको देखिन्छ । पत्रकारिताको संस्थागत अभ्यास र विस्तारमा लोकतान्त्रिक चरित्रलाई अनुशरण गर्दै आवाजहीनका आवाज बनेर ज्ञान र सञ्चारको उज्यालो दिशा प्रदर्शन गरेको छ यसले ।
हिमालय टाइम्स नेपाली अखबार जगत्मा सैद्धान्तिक एवं नैतिक आचरण लिएर अग्रणी स्थानमा रहेको अनुभूत हुन्छ । तीन दशकको ऐतिहासिक यात्रा स्वस्थ्य र प्रस्पिर्धामूलक राजमार्गमा नेतृत्वदायी भूमिकामा अगाडि बढोस्, सफलता र समृद्धिको शुभकामना ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा