सर्लाही । पछिल्लो समय किसानले उखु लगाउन कम गर्न थाले सङै सुबिधा भने धेरै पाउन थालेका छन् । केहि वर्ष पहिले सम्म किसानले उखु काटेर मिलमा तौल गर्न आवश्यक पर्ने पुर्जी (चलान) पाउन धेरै समस्या ब्यहोर्नु परेको थियो भने भुक्तानीमा समेत समस्या थेगी नसक्नु हुने गर्थ्यो । त्यसैले गर्दा किसानले उखु खेती समेत कमि गर्दै गयेको अवस्थामा हालको वर्षमा मिल संचालकहरु भने सुद्रीदै जान थालेका छन् । यस बर्ष किसानले समयमै भुक्तानी पाउन थालेका छन् ।
केहि वर्ष पहिले अन्नपूर्ण चिनी उद्योग धनकौलका पूर्व संचालक राकेश अग्रवाललाई प्रहरीले समातेर हिरासतमा राखेपछि मात्र किसानले आफनो भुक्तानी पायेको सर्वविदितै छ ।
यसरि प्रहरीको सहयोगमा मात्र किसानलाई भुक्तानी दियको राकेश अग्रवालले उद्योग बन्द गरि हिडेपछि यस क्षेत्रका किसान दुःखी साथै निरास भएका थिए । झण्डै तिन बर्ष बन्द भएको उद्योग २०७९ सालमा बिक्री भए पश्चात अन्नपूर्ण चिनी उद्योग धनकौलले नयाँ संचालकको साथै नयाँ व्यवस्थापनमा अगाडि बढेको छ।
यो सिजनको प्रारम्भसंगै नयाँ उखु क्रसिङ सुरु भएको छ भने किसानको भुक्तानी पनि नियमित रूपमा भइरहेको छ । फलस्वरुप यस क्षेत्रका किसानहरु खुसी हुनुको साथै उत्साहित पनि भएका छन् । संचालक परिवर्तन भये सङै किसानले समयमा भुक्तानी पाउन थालेका छन् । यो मिल मंसिर ०७ गतेबाट संचालन हुँदै आयकोमा हालसम्म निरन्तर उखु क्रसिङ भइरहेको कुरा मिलका संचालक शैलेन्द्र कुमार गुप्ताले जानकारि दिनु भयो । मिल संचालन भएको दिन देखि मंसिर २० संम्मको भुक्तानी गरि सकेको र पुष १५ गते भित्र मंसिर महिना भरिको भुुक्तानी दिने योजना रहेको उद्याेग प्रशासनले जानकारि दिएको छ । यसरि समयमा उद्याेगले भुक्तानी दिन थालेपछि किसान भने खुसी भएका छन ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता