काठमाडौं । इनफिनिक्सले ‘दशैँ धमाका बम्पर पुरस्कार’ विजेता काठमाडौंका वीरबहादुर तामाङलाई भेस्पा एलेगान्ते १५० स्कुटर हस्तान्तरण गरेको छ । सेप्टेम्बर १६ देखि अक्टोबर ३१ सम्म सञ्चालित उक्त अफर नोभेम्बर ३ सम्म विस्तार गरिएको थियो ।
जसले अझ धेरै मानिसलाई सहभागिता जनाउन र बम्पर पुरस्कार जित्न मौका प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार परम्परागत दशैँको रौनक र आधुनिक उत्साहको मिश्रणले कार्यक्रममा सहभागी सबैलाई रमाइलो अनुभूति दिलाएको थियो ।
यस वर्षको ‘दशैँ धमाका’ ले इनफिनिक्सको ग्राहकसँगको बलियो सम्बन्ध र उत्सवलाई थप खुसीमय बनाउने उद्देश्य पूरा गरेको बताइएको छ ।






