काठमाडौं । हिमालय टाइम्सका कार्यकारी निर्देशक तथा संस्थापक उज्ज्वल शर्मा भारतको हरियाणास्थित मेदान्त अस्पतालमा उपचारार्थ भर्ना हुनुभएको र उहाँको मेरुदण्डमा च्यापिएको नसाको सफल शल्यक्रिया भएको छ ।
यसका साथै मस्तिष्कमा रक्तश्राव रोक्न घाँटीको नसाको समेत सफल अप्रेसन भएको उहाँसँग रहनुभएका छोरा सत्यम शर्मा सापकोटाले जानकारी दिनुभएको छ । उहाँका अनुसार मेदान्त मेडिसिटी अस्पतालका डाक्टर सुधीर दुवेको नेतृत्वमा (सर्भिकल कर्पोक्टोमी) अप्रेसन भएको र सफल भएको छ । सात दिनसम्म अस्पतालमा भर्ना हुनुभएका कार्यकारी निर्देशक शर्मा अझै केही दिन डाक्टरको रेखदेखमा नै बस्नु पर्नेछ ।
ढाडको दुःखाइमा केही कमी आए पनि तीन ठाउँको अप्रेसनका कारण पीडा अहिले पनि रहेको र टाँका झिकेर मात्रै अवस्था हेरी स्वदेश फर्कने तय भएको सत्यमको भनाइ छ । विगत केही समयदेखि नेपालमा नै नसासम्बन्धी समस्याको उपचार गराइरहनु भएका कार्यकारी निर्देशक शर्मा दुई हप्ताअघि भारतको हरियाणा गुरगावस्थित मेदान्त अस्पताल जानुभएको थियो । काठमाडौंस्थित विशेषज्ञ डाक्टरहरूले समेत रोगको कारणबारे अन्वेषण गरेका र उहाँहरूकै सुझावमा मेदान्त अस्पतालमा उपचारार्थ जानुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements