प्रकाश हिँड्ने बित्तिकैको शून्यतालाई चिर्दै आएका ज्यास्मीनहरूले केहीबेर रमाइलो माहोल सिर्जना गरेँ र अन्ततः रमाउँदै बिदा भए । उनीहरूको अनुपस्थिले मलाई भने एकाएक शून्यताले आक्रमण गरेको अनुभूत हुन थाल्यो फेरि । हुन त ग्यास स्टेशनको परिवेशमा शून्यता र उदासता घामछायाँ वा हावाले बगाएर ल्याएको मेघ समान हुनभन्दा अतिशयोक्ति नहोला । ग्राहकहरू हावाको झोकाझैँ आउँछन् र वायुको बहावको तालमा तुरून्त हराउँदछन् पनि । मैले यति सोच्दै गर्दा हावाको झोका भित्र सजिएकी अप्सराझैँ प्रकट भएकी छ सुन्दरी उजगिस्तानी । साधारण त उसको सुन्दर मुहार हेर्दा लाग्छ ऊ बीच वादलबाट झुल्किएकी चन्द्र हो तर मेरो मनले भने उसको पूर्वकृत्यका कारण थोरै दाग देख्छ त्यो मुहारमा । उसको त्यो व्यवहार सम्झदा लाग्छ चन्द्रमालाई राहुले नछोडेझैँ उसलाई पनि त्यो अवगुणले छोडेको छैन । केही दिनअघि मसँग केही दुर्घटना घटे पनि आजकल किन हो यो अप्सरा दिन बिराएर आउन थालेकी छ ? उसको अभिप्राय जे सुकै होस् म भने केही कालका निम्ति शून्यता नाशिनीको रूपमा लिन्छु र अतीतलाई बिर्सिएझैँ गर्दै उसलाई असल ग्राहकको स्थान दिन्छु ।
आज मैले उसलाई हेलो हाय भन्नु पूर्वनक्कली हाँसोकासाथ उसैले हलो के छ तेरो खवर भन्दै नजिक हुन खोजी । मैले उसको हलो हायलाई पनि लाज पचाउनुको अर्थमा बुझ्दै उसको रूप र लावण्यमा उल्झिएर सजिलै हलो हाय भनेँ र औपचारिकता पूरा गरेँ । मैले कुनै प्रतिक्रिया विना उसको स्वागत गरेकोमा सायद अस्तिको गल्तीको माफी मानेर मेरो मन जित्न जिस्किएझैँ ‘आज म कतिराम्री छु’ भनी । उसको यो भनाइ सुनेपछि राम्ररी उसलाई हेरेँ र मैले ‘आज तँमा निखार आएछ’ भनेँ । मेरो यो भनाइ उसलाई सिडी भएछ उसले हास्तै ‘हो म साच्चै राम्री ! देखिएकी छु ?’ भनी र फुर्किएको स्वाङ्ग गरी । मैले तुरून्त तँ आज सोह्र वर्ष पुगिस् ? भनेर ठ्ठा गरेँ । मेरो ठ्ठालाई उसले साच्चै मानेर अघि वारमा पनि एक दुईजनाले यसै भन्दै थिए भनेर मख्खपरि । उसँगको सम्वादमा म अठार वर्षे बन्दै गएँ र आफ्नो बैशालु कालका पाना पल्टाउन थालेँ ।
ग्राहकहरू हावाको झोकाझैँ आउँछन् र वायुको बहावको तालमा तुरून्त हराउँदछन् पनि । मैले यति सोच्दै गर्दा हावाको झोका भित्र सजिएकी अप्सराझैँ प्रकट भएकी छ सुन्दरी उजगिस्तानी । साधारण त उसको सुन्दर मुहार हेर्दा लाग्छ ऊ बीच वादलबाट झुल्किएकी चन्द्र हो तर मेरो मनले भने उसको पूर्व कृत्यका कारण थोरै दाग देख्छ त्यो मुहारमा ।
मैले सोचेँ यो निरस, नीरव रातमा एक्लै झोक्राएर बस्नुभन्दा केहीक्षण योसँग कुरा गरेर समय बिताउँदा के फरक पर्ला र ? मैले यति सोच्दासोच्दै मेरो मन पढेझैँ उसले ‘तँ अमेरिका आएको कति वर्ष भयो ?’ भनेर प्रश्न गरी । प्रत्युत्तरमा अन्टसन्ट मैले ‘सात वर्ष जति भयो’ भनेँ । उसले मेरो भनाइ पत्याइ वा पत्याइन यसबारेमा केही प्रतिक्रिया दिनुपूर्व यसैबेला एकजना डच मास्टर्सको ग्राहक आएकोले म त्यतै केन्द्रित भएँ केहीक्षण । त्यो ग्राहक तीन डच दुई कोक लिएर गयो त्यसबेलासम्म ऊ यन्त्रवत छेउमा उभिएर पर्खिरही । ग्राहक गएपछि एकाएक उसले ‘के म आज साच्चै राम्री देखिए कि हो ?’ भनी । उसले यसो भन्नासाथ मलाई कताकता अप्ठरो लाग्यो ।
म भित्रभित्रै उसले मेरो अमेरिका बसाइको जानकारी लिनु र यो प्रश्न गर्नुको तादम्यता खोज्न थालेँ । मलाई ढाटेकोमा पछुतो भयो । सल्टाउने उद्देश्यले नारी कोमल हृदयको मर्म बुझ्ने कलामा खडेरी परेको मेरो मानसमा उत्पादित भावलाई उसको चाहना प्रतिकूल राम्री तर क्रिष्टिनाभन्दा कम प्याच्च भनी दिएँ । मेरो निरस मनको आवाजलाई लक्षित गर्दै उसले क्रिष्टिनाको बारेमा सोधखोज गरी । मैले संक्षिप्तमा बताइदिएँ । मैले क्रिष्टिनाको वर्णन गर्दै गर्दा प्रभातमा फक्रिएको सूर्यकमल सूर्यास्त सँगसँगै मुर्जाएभैmँ एकाएक उसको मुहारको मन्द मुस्कान एकाएक विलोप भयो । उसका कमलपत्र सदृश सुन्दर र वाचाल ओठहरू निस्प्राणझैँ भए ।
उसको मुस्कान बन्द भएपछि मलाई कताकता नरमाइलो लागेको आभाष भयो । उसमा आएको परिवर्तनलाई मैले निरस भावमा हेरिहरे । एकछिन् स्तब्धता छायो । यो स्तब्धतामा मैले उसको नारी इष्र्यालाई नजिकैबाट नियालेँ । मैले सोचेँ बेकारमा म किन क्रूर कालरात्रीझैँ भएको होला ? मेरो होस खुलेझैँ भयो । मैले कुरा सच्याउँदै तँलाई जिस्काएको मात्र हो तँ जति राम्रो यो बेसोरमा आजसम्म देखेको छैन भनेँ । मेरो भनाइ सुन्नासाथ अरुणोदयको लालीमामा रश्मि किरण खुलेझैँ क्रमशः प्रदीप्त भयो उसको मुहार । हास्तै उसले मात्र बेसोरमा ? भनी । उसको यो भनाइ मलाई औला दिँदा डुढुला खोजेझैँ लाग्यो । म निरूत्तर तर निरन्तर उसलाई हेरेर मुस्काइ रहेँ ।
केही समयको मौनतालाई भंग गर्दै उसले एकबट्टा सिगरेट बीस डलरको ग्यास र एक डिब्बा मन्टोसको मागगरी । उसले एकाएक सिलसिला भंग गरेकोमा मन खिन्न भयो तर एकछिन् पखन भन्न सकिन । मैले केही नबोली उसको माग पूरा गरेँ । उसले पचास डलरको नोट दिदैँ राम्रोसँग चेकगर भन्दै फिस्स हाँसी । उसको हँसाइले मेरो मन हलुका भयो । ममा साहस पलायो । मैले पनि जिस्किएको अन्दाजमा नोठलाई ओल्टाइ पल्टाइ गरेर मार्कर पेन समेतले कोरेँ । मेरो यो चलाखी पत्ता लगाउदैँ उसले ‘ओ आज फेक विल नभएर रीयल डलर नै परेछ !’ भनी । उसलाई जिस्किने भावमा देखेर मैले पनि जिस्केकै भावमा ‘सन्देहास्पद मान्छेसँग शङ्का गर्नै पर्छ’ भनेँ । मैले यति भन्नासाथ खुलेर ‘हुन त परीवन्दले म त्यस्तै देखिएको छु तेरो दृष्टिमा हो कि ?’ भनी ।
मैले हो वा होइन केही बोल्न नपाउँदै फेरि उसैले ‘वास्तवमा त्यसदिन मलाई पनि त्यो नोट कसैले टिप्समा दिएको थियो । मानिसले टिप्स नक्कली दियो कि सक्कली दियो भनेर पल्टाएर हेर्ने कुरा पनि भएन । मैले पनि हेर्दै नहेरी यहाँ आएर तलाई त्यही नोट दिएकी थिए’ भनी । थोरै व्यंग्य मिश्रित लवजमा ‘ज्यादा फिर्ता लिएको पनि तैँले कहाँ देखेकी थिइस् नि ?’ मैले ताना कसेँ । मेरो भनाइ सुनेर उसले केही विस्मयका साथ ‘वास्तवमै तैले फिर्ता दिएको डलर मैले गनेको थिइन । तैले डलर बढी फिर्ता दिएको रहेछ भन्ने कुरा त अप्रत्याशित त्यो काली बुढी आएर झगडा गर्दामात्र थाहा पाएँ मैले’ भनेर आफ्नो पष्टीकरण दिई ।
त्यस दिन मार्गरेटले बढी आएको डलर फिर्ता माग्दा बढी आएकै छैन भनेर झगडा गर्ने र अन्त्यमा पुलिस बोलाउँछु भनेर धम्क्याएपछि केही नलागेर फिर्ता दिने यो सुन्दरी अहिले पानीमाथिको ओभानु बन्न खोजेको देखेर बुझपचाउँदै ‘मैले दिएको बढी डलर तैले फिर्ता दिएपछि मार्गरेटले तँसँग झगडा गनुपर्ने खासकारण नै रहेनछ तर किन गरेकी ?’ भनेर प्रश्न गरेँ । मेरो कुरा सुनेर उसले बुझ पचाउँदै ‘कहाँ मैले डलर निकालेर चेकगर्नसम्म पनि राम्रोसँग पाइन मलाई जे पायो तेही भनेर खुवै टेन्सन दिई फटाइले’ त्यसैले उसले जतिमागी त्यति दिएर फुत्किएँ भनेर कालोलाई सेतो बनाउँन खोजी । उसको धूर्तताको सट्टामा मैले मुस्कानमा उत्तर दिएँ ।
मेरो मुस्कानको अपव्याख्या गर्दै ऊ कस्सिकस्सी मार्गरेटलाई गाली गर्न थाली । गाली गर्दा गर्दै जब ऊ रंगमा विभेदता घोल्दै साम्प्रदायिकतामा उत्री मलाई उसको सेतोछालाको दभ्भ उर्लिएको महसुस भयो । मैले यो सव सुन्न आवश्यक मानिन् । सन्दर्भ बदल्ने विचार गरेँ र यति सुन्दर मुखले यस्तो बोल्न हुँदैन भनेँ । उसले छक्क परेर मेरो अनुहार निहारी । उसले रिसाएर केही भन्नुपूर्व तत्काल मैले वास्तवमा तँ आज विशेष राम्री नै देखिन्छेस् भनेर स्त्री जातिलाई खुशी पार्ने पहिलो अस्त्र प्रयोग गरेँ ।
मेरो यो भनाइमा ऊ मसक्क मस्की र ‘हो साच्चै !’ भनी । मैले हो भन्ने संकेत गर्दै टाउको हल्लाए । मेरो सकारात्मक टाउको हल्लाइले ऊर्जावान बन्दै तुरून्त ‘उसका काम गर्ने ठाँउका साथीले पनि अरू दिनभन्दा आज त विशेष राम्री देखिएकी छस् भनेर भन्दै थिए’ भनी । मैले हास्तै ‘वास्तवमा’ मात्र के भनेको थिएँ एक सासमा ‘मलाई सबैले राम्री भन्छन् तर मलाई त्यस्तो केही लाग्दैन’ भनेर थोरै दम्भ धेरै आत्मप्रशंसा समेत गरी । मैले उसको आत्मप्रंशसामा थप केही बोल्नुपूर्व उसले काम गर्ने रेष्टुरेन्टको कार्ड दिँदै उसको कार्यक्रम हेर्नलाई आमन्त्रण गरी । मैले कार्ड पाउने बित्तिकै अस्तिकै ठाउँ होइन र भनेँ । उसले म अब यो नयाँ ठाउँमा हप्ताको तीनदिन काम गर्न थालेँ भनी ।
मैले कार्ड लिएर हेरेँ उसको नाम अल्विना मिर्जियोयाभा र कामगर्ने ठाउँ इज्डउड वार एण्ड ग्रील डियर पार्क सही रहेछ । उसको ठेगाना परिवर्तन गरेको यो कार्ड पाउने वित्तिकै मार्गरेटले अस्ति, ‘यो डियर पार्कको बारमा काम गर्छे । यिनीहरू शरीर बेचेर आफ्ना देशमा डलर ओसार्छन् ‘भनेको र अस्तिदेखि मेरा मनमा अड्केको कुरा झलक्क सम्झिएँ । यसको सत्यता जान्ने लालसाले मैले कुराको धार बदल्दै ‘तिमीहरू आएका मध्ये कति प्रतिशतले वारमा काम गर्छौ ?’ भनेर सोधेँ । उसले ‘यति उतिको हिसाब छैन तर यहाँ आउने वित्तिकै काम पाउन सजिलो भएकाले प्रायः यही काममा सम्लग्न हुन्छौं’, भनी ।
मैले यसमा तिमीहरूलाई उत्पीडन (Harassment) त निकै हुन्छ होला हो कि ? भनेँ । उसले एकछिन् मलाई राम्ररी हेरी र अहो त्यो दर्दनाक पक्षमा नसोचौँ भनी । उसले यसरी तर्कन खोज्दा मलाई झन् उत्सुकता भयो । मैले ‘आफूले गरिरहेको काम यति दर्ददायी छ भनेर जान्दा जान्दै प्रतिवर्ष यहाँ आएर किन यो दर्द सहन गछौं ?’ भनेर अझ गहिराइमा पुग्न खोजेँ । उसले बडो मार्मिक पारामा हामी फूल हौ जब फक्रन्छौ साइवेरियाका पक्षीझैँ उनहरूसँगै आफ्नो सुगन्ध छर्न युरोप अमेरिकका अतिरिक्त विश्वका सम्पन्न मुलुकमा फैलिन्छौं । हामीसँग ठोक्किने भ्रवरलाई यसपालिको नियति सम्झन्छौ ?’ भनी र मेरो जिज्ञाषाको समाधान गरिदिइ ।
हामी केही कमाएर आफ्ना शिक्षामा खर्च गछौं । केही घर चलाउन खर्च गर्छौ तर यहाँका मानिसहरू हाम्रो सुन्दरामा इष्र्या गर्छन् । हामीलाई बदनाम गर्न देहव्यपारीको रूपमा प्रस्तुत गर्छन् र आत्मतुष्टि लिन्छन् । मलाई थाहाछ यहाँका मानिस कति क्रूर छन् ? हाम्रा मासुमा झुक्तिएर कति नग्नता प्रदर्शन गर्न चाहन्छन् । आफूलाई सभ्य नागरिक सम्झने गोरा कालाको इतिहास छ हामीसँग । मलाई उसको गोराकाला भन्ने शब्दले फेरि चस्कियो । किन खाली विभेदको कुरा गर्छे यो ? भन्ने उत्सुकता पनि पैदा भयो । मैले उसलाई तुरुन्त सोधेँ तिमी किन खालि विभेदका कुरा गछ्ड्यौं ? उसले ‘अमेरिकामा परिचयमा विभेदबाहेक के छ र ?’ भनेर विषयान्तर गर्दै यहाँ हामीलाई हेर्ने मानिस अलग भएपनि आँखा त एकै छ नि ? यहाँका हरेक नारीलाई हाम्रो सुन्दरतामा इष्र्या छ ।
उसले यसरी बहकिएर आफ्नो मनको बह पोखी र मेरा आँखामा आँखा जुदाउँदै ‘तेरो देश सारै राम्रो छ हो कि ?’ भनी । ऊ एकाएक अमेरिकाका विभेदका कुराबाट नेपाल पुगेकोमा म छक्क परेँ । उसले किन प्रसंग बदली भनेर सोच्न थालेँ । यही मौकामा उसले फेरि ‘तँ कहिले तेरो देश फर्कन्छस् ?’ भनेर अर्काे प्रश्न थपी । जिल्लिँदै मैले केही ‘समयपछि’ मात्र भनेँ । उसले ‘के मलाई पनि सँगै लिएर जान सक्छस् ?’ भनी र फिस्स हासी । मैले ‘किन नसक्ने तर मेरो देशमा तिमीहरूले काम पाउन मुस्किल छ र कमाइ पनि यहाँको जस्तो हुँदैन’ भनेँ । मेरो बोली खसिसक्ता उसले थोरै कमाइ भए पनि शान्तिसँग कमिन्छ र त्यहाँ सेटल भएर आरामको जीवन यापन गर्न सकिन्छ नि !’ भनी । म उसले नेपाल बारे यस्तो अवधारणा व्यक्त गरेकोमा हासेमात्र । मलाई एकछिन् पर्खिँदा उत्तर नपाएपछि उसले ‘यो वर्ष मैले स्नातकोत्तर डिग्री पनि लिइँसकेँ । मलाई अब यहाँ आएर यो सब काम गर्न मन पनि छैन र आवश्यकता पनि पर्दैन । अब मलाई अमेरिका आउन जान दिक्क लाग्न थाल्यो । म शान्तिसँग शान्त देशमा बाँकी जीवन यापन गर्न चहान्छु ।
उसका कमलपत्र सदृश सुन्दर र वाचाल ओठहरू निस्प्राणझैँ भए । उसको मुस्कान बन्द भएपछि मलाई कताकता नरमाइलो लागेको आभाष भयो । उसमा आएको परिवर्तनलाई मैले निरस भावमा हेरिहरे । एकछिन् स्तब्धता छायो । यो स्तब्धतामा मैले उसको नारी इष्र्यालाई नजिकैबाट नियालेँ ।
मैले नेपाल बारे सुनेको छु र प्रभावित पनि छु !’ धाराप्रवाहमा भनी । उसले यसोभन्दा मैले कताकता यो नेपालीसँग वैवाहिक सम्बन्ध गाँसेर उतै बस्न खोजिरहेकी त छैन ? शंका गरेँ । म शंका उपशंका भित्र रूमलिएकै बेलामा उसले ‘म तँसँग भेट भएका दिन देखिनै तँलाई नजिकबाट हेरिरहेकी छु’ भनी । उसको भनाइमा म ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ” भनेझैँ क्रिष्टिनाका कारण उत्पन्न एक प्रकारको मानसिक तनाव माथि उसको यो भनाइ थपिँदा झन् तर्सिएँ र हत्तपत्त ‘के गर्ने ? मेरो विवाह नभएको भएँ विवाह गरेर तलाई लिएर जान्थे !’ भनेर दंग पारेँ । मैले यति भने पनि उसले, ‘कुनै राम्रो र भर पर्दो साथी छ भने कुरा गर्न ?’ उसले आदेशात्म अनुरोध गदैँ गहिरो विश्वास गरेको भाव प्रकट गरी । उसको यो अप्रत्याशित विश्वास र अभिलाषामा छक्क पर्दै मैले, ‘तलाईँ नेपालप्रति कसरी यस्तो मोह जाग्यो ? भनेर प्रश्न गरेँ । मेरो प्रश्नमा किञ्चित ढिलो नगरी उसले ‘रूसबाट विवाह गरेर नेपाल गएका धेरै युवतीहरू त्यहाँ महारानीझैँ बसेका छन् नि ? मैले धेरैको मुखबाट यो कुरा मेरो देशमा सुनेकी छु’ भनी । उसको यो भनाइ कति भ्रमपूर्ण छ कति सत्यतामा अडेको छ म अन्यौलग्रस्त भएँ ।
अल्बिनाका भनाइको मैले पूर्णत प्रत्युत्तर दिनुपूर्व वेमौसमको बाजा बजेझैँ परै बाट ‘ए ! के छ खबर’ भन्ने आवाजले हामी दुवैको ध्यान तान्यो । मार्गरेटको आवाज सुन्ने बित्किै ‘लौ कालि पो आइछ !’ भन्दै बरालिएको बालक अविभावको छाया देख्ता तर्सिँदै भागेझैँ अल्विना पनि चाँडै भेटौला भन्दै कन्खी मारेर अलप भई । आज उसले मन खोलेर नेपाल जाने चाहना प्रकट गर्नुले मलाई ऊ आफ्नै जस्तो अनुभूत हुन थाल्यो । उसले कमसेकम नेपाल र नेपालीलाई घृणा त गरिन बरू त्यहाँ जीवन यापन गर्नेसम्मको सोच देखाई ? मैले सधैँ नकारात्म सोचले हेरिएकी सुन्दरी अल्बिनालाई अहिले मेरो मनले खोज्न थालेको अनुभूत गर्दै गर्दा ऊ विलुप्त हुनासाथ सामन्नेबाट एकाएक सूर्यको लालीेमा हराएको आभाष भयो ।
‘कवाफमा हड्डी’ भनेझैँ एकाएक प्रेमील कुराकानीलाई भंग गर्दै प्रकट भएकी मार्गरेट हतार–हतार आउँदै गर्दा उसलाई उछिनेर एउटा अफ्रिन अमेरिकन केटो झ्यालमा आइपुग्यो ।
मार्गरेटलाई देखेर हतारिएका केटाले चारोटा डचमास्टर्स माग्यो र मैले दिने बित्तिकै गोजीमा हाल्यो । मार्गरेट आइपुग्नु पूर्वझ्याल छोड्यो । त्यो केटालाई भेट्न हतार गरेकी मार्गरेटले भेट्न नसके पनि पर पुगेका केटालाई बोलाई तर केटोले पछाडि हेरेन । केटो नफर्किएपछि यहीबाट सुरु गरी उसले आजको प्रवचन । केहीवेर ‘यी कालेहरू कहिल्यै सप्रँदैनन् । हिजो यिनीहरू घोषित दाश थिए आज अघोषित बन्ने बाटो खन्दै छन् भनेर मनलागे जति गालिगरी । केही थाकेपछि ‘के भन्छे त्यो चुडेल ?’ भनेर अल्विनाका कुरा निकाली । मैले ‘खाली अस्ति तँ झुक्किए जस्तै म पनि झुक्किएको हो तर जानिजानी डलर लगेको किमार्थ होइन भनेर पष्टीकरण दिदैँ थिइ’ भनेँ र मार्गरेट छुटकारा पाउँने कोसिस गरेँ । उसले एकछिन अल्बिनालाई फेरि गाली गरी र आज धेरै ढिलो भयो हतार छ भन्दै एक ग्यालन ग्यास र दुईथान डच लिएर बाटो लागी । ऊ निस्किएपछि म अल्बिनाका बारेमा सोच्न थालेँ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा