काठमाडौं । सिएफ मोटो नेपालले काठमाडौंमा हालै एक विशेष तालिम सम्पन्न गरेको छ । चीनस्थित सिएफ मोटो हेडक्वार्टरको ट्रेनिङ विभागको टिमले काठमाडौंमा तालिम दिएको हो ।
मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन भएको तालिम कार्यक्रममा काठमाडौैं, भक्तपुर, ललितपुर, काभ्रे, हेटौंडा, बुटवल र पोखराका टेक्निसियन सहभागी भएका थिए । सिएफ मोटोको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले आयोजना गरेको तालिम सिएफ मोटोका फोर हिृवलर र टु हिृवलर प्रोडक्टको मर्मत-सम्भारसँग सम्बन्धित थियो ।
कम्पनीका महाप्रबन्धक उज्ज्वल जोशीका अनुसार सिएफ मोटोका उत्पादन ऋषि ट्रेड सेन्टरले बिक्री गर्न थालेपछि बिक्रीपछिको सेवामा ध्यान केन्द्रित हुँदै गएको छ । ऋषि ट्रेड सेन्टरले सिएफ मोटो र जिहो ब्राण्डको डिलरसिप लिएपछि सबैभन्दा बढी जोड बिक्रीपछिको सेवामा दिएको जनाएको छ ।






