काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।
छोरा निराजन प्रसाईंले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले शुक्रबार प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।
आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईँलाई पक्राउ गरेको थियो ।
यसअघि गत मंसिर २७ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंसँग ४० हजार धरौटी माग गरेको थियो।
धरौटी बुझाएर रिहा हुनेबित्तिकै प्रसाईंलाई सिआइबीले पुनः नियन्त्रणमा लिएको थियो।






