काठमाडौं । भक्तपुरमा एक व्यक्तिले चक्कु प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्। गएराति सवा १० बजे भक्तपुर नगरपालिका२ स्थित सहिद स्मृति खेल मैदान नजिकै उक्त घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
अछामको कमलनगर नगरपालिका ६ हात्तीबाच घर भइ हाल भक्तपुर बस्दै आएका ६३ वर्षीय दीपबहादुर शाहीले चक्कुले हानेर आफ्नै ३१ वर्षीय छोरा नरेन्द्र शाहीको हत्या गरेका हुन्।
घरायसी विवादमा बुवाले तरकारी काट्ने चक्कुले प्रहार गर्दा गम्भीर घाइते भएका नरेन्द्रलाई उपचारको लागि राति नै भक्तपुर अस्पताल लगिएको थियो।
उपचारको क्रममा राति पौने १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनको शव पोष्मार्टमको लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा राखिएको छ। घटना लगत्तै मृतकका बुबा दिपबहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts