काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ। सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा सोमबार बिहान निधन भएको हो । २०४९ मा स्थानीय निर्वाचन जितेर सिंह काठमाडौँ महानगरपालिकाका मेयर बन्नुभएको थियो ।
८५ वर्षीय सिंह लामो समयदेखि अल्सरको समस्याबाट पीडित हुनुहुन्थ्यो । पूर्वमन्त्रीसमेत रहनुभएका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहका प्रमुख सहयोगी भएरसमेत काम गर्नुभएको थियो ।
यसैबीच पूर्वमेयर सिंहको निधन भएको शोकमा काठमाडौं महानगरपालिकाकाले आज सार्वजनिक बिदा दिएको छ। सोमबार बिहान विज्ञप्ति जारी गरी महानगर क्षेत्रमा आज शोक बिदा दिइएको जानकारी गराएको हो।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता