काठमाडौंमा चिसो बढ्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । काठमाडौंमा आज यस वर्षकै चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ ।

यसअघि हिजो काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री थियो । महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ ।

तराईमा हुस्सु र कुहिरो

ADVERTISEMENT

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको विभागले जानकारी दिएको छ ।

दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । राति देशभर मौसम मुख्यतया सफा रहने आज बिहान जारी बुलेटिनमा जनाइएको छ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?