काठमाडौं । काठमाडौँको तिलगंगा नजिकै एक युवती मृत फेला परेकी छन्।
काठमाडौँ महानगरपालिका-८ तिलगंगाबाट पशुपतिनाथ जाने बाटोनजिकै रहेको जंगलको झाडीमा मृत अवस्थामा ती युवती फेला परेको काठमाडौँ प्रहरीले जनाएको छ ।
उनी शंखरापुर नगरपालिका-५ घर भई बानेश्वर शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार रहेको प्रहरीले जनाएको छ ।
घटनाका बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।






