काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले युरोपेली राष्ट्र नेदरल्यान्ड्स र जर्मनीको भ्रमण तय भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री राणा शनिबार त्यसतर्फ प्रस्थान गर्नुहुने छ ।
परराष्ट्रमन्त्री राणाले पहिला नेदरल्यान्ड्स र त्यसपछि जर्मनीको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।
नेदरल्यान्ड्समा उहाँ इन्टरनेसनल कोर्ट अफ जस्टीस (आईसीजे)मा उपस्थित भई जलवायु परिवर्तनका सम्बन्धमा नेपालको अडान राख्ने कार्यक्रम छ ।
सोमबार मन्त्री राणा आईसीजेमा उपस्थित भई नेपालको अडान राख्ने तय भएको छ ।
जलवायु परिवर्तनको सम्बन्धमा नेदरल्यान्ड्सको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा डिसेम्बर २ देखि १२ सम्म सार्वजनिक सुनुवाइ चलिरहेको छ । परराष्ट्रमन्त्री राणा यसैमा सहभागी हुन नेदरल्यान्ड्स जान लाग्नुभएको हो ।
आईसीजेमा हुने सुनुवाइमा सहभागी भएपछि परराष्ट्रमन्त्री राणा जर्मनी जाने कार्यक्रम छ । कार्यक्रम डिसेम्बर १७ देखि १८ सम्म बर्लिनमा हुनेछ ।
जर्मनीका विदेशमन्त्रीको निमन्त्रणामा उनी उक्त कार्यक्रममा सहभागी हुन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
“युरोपमा रहँदा उहाँले बेल्जियम, लक्जेम्बर्ग, जर्मनी र युरोपियन युनियन लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ,” परराष्ट्रले विज्ञप्तिमा भनिएको छ ।
परराष्ट्रमन्त्री राणाको पुस ५ गते स्वदेश फर्किने कार्यक्रम छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा