काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, श्रीमती राधिका शाक्यसहित उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल चीनको राजधानी बेइजिङको औपचारिक भ्रमण सम्पन्न गरी हिमालय एयरलाइन्सबाटै बिहीबार स्वदेश फर्किएको छ । भ्रमणमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक/विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद, मुख्य सचिव एकनारायण अर्याल, वरिष्ठ सरकारी अधिकारी र विभिन्न उद्योगी व्यवसायीको सहभागिता थियो ।
विमान बिहीबार बिहान ११ बजेर चार मिनेट (चीनको स्थानीय समय) बेइजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्टबाट प्रस्थान गरी नेपाली समयअनुसार १४ बजेर ४८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हिमालय एयरलाइन्सले जनाएको छ ।
हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले प्रधानमन्त्री तथा प्रतिनिधिमण्डललाई विमानमा स्वागत गर्नुभएको थियो भने हिमालय एयरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले विमान त्रिभुवन विमानस्थलमा आगमनको क्रममा स्वागत गर्नुभएको थियो । उच्चस्तरीय उडानको सफल व्यवस्थापनले हिमालय एयरलाइन्सको राष्ट्र सेवाप्रतिको समर्पण र देशको यस्ता महत्वपूर्र्ण उडान सफलतापूर्वक सञ्चालन गर्न सक्ने क्षमताको पुष्टि गरेको हिमालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता