काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ । सम्झौताअनुसार मुक्तिनाथ बैंकको नेपाल पे क्युआर तथा सो इन्टर अपरेबल मर्चेन्ट क्युआरमा अलिपे प्लसको नेटवर्कमार्फत् नेपालमा भुक्तानी गर्न सकिने भएको छ । जसबाट चाइना, हङकङ, सिंगापुर, मलेसिया, इण्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, साउथ कोरिया, स्वीडेन, इटलीलगायतका देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेटमार्फत् बैंकको नेपाल पे क्युआर तथा सो इन्टरअपरेबल मर्चेन्ट क्युआरमा सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
यस प्रकारको सेवाले विदेशी पर्यटकलाई नगद बोक्ने झन्झट नहुनुका साथै नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ । विकास बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकका एटिएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरेको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप पनि सञ्चालनमा ल्याएको छ ।
साथै बैंकले डिजिटल सेवामा मात्र नभई विकास बैंकमध्ये नेपालकै पहिलो सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड मंसिर २० गतेबाट बिक्रीमा ल्याउने भएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts