काठमाडौं । गोल्छा ग्रुप र युवा, सीप तथा शिक्षाको विकासमा एक दशकदेखिको अनुभव रहेको ग्लोकल प्रालिको सहकार्यमा स्थापित इम्बार्क कलेज सञ्चालनमा आएको छ । ललितपुरको पुल्चोकस्थित कलेजले उद्यमशीलता, आधुनिक शिक्षा र सीपमा आधारित शिक्षामा नयाँ बेन्चमार्क सेट गर्ने लक्ष्य लिएको छ । शिक्षा मन्त्रालयबाट मंसिर १३ गते स्वीकृति प्राप्त गरेको कलेजले विश्व वरीयतामा शीर्ष १५ प्रतिशतमा ¥यांक भएको युनिभर्सिटी अफ रोहृयाम्प्टन लण्डन(युके) सँगको शैक्षिक साझेदारीमा बिजनेस म्यानेजमेन्ट (बिएससी चार वर्षे) र एमबिए दुई वर्षे कार्यक्रममा भर्नासमेत सुरु गरेको छ ।
रोहृयाम्पटन विश्वविद्यालयका उपकुलपति जेन नोयल इजिनगर्डले भन्नुभयो, ‘करियर केन्द्रित शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले इम्बार्क कलेजसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो साझेदारीले स्थानीय समुदायमा मेल खाने किसिमको उद्योग सुसूचित शिक्षण प्रदान गर्ने छ, जसले सबै किसिमको पृष्ठभूमि भएका मानिसका लागि नयाँ अवर प्रदान गर्ने छ ।’ कलेजका अध्यक्ष शेखर गोल्छाले भन्नुभयो, ‘यो कलेज नेपालको वर्तमान अवस्थालाई मध्यनजर गर्र्दै भविष्यप्रति लक्षित गरिएको लगानी हो । उद्यमशीलता विकासमा केन्द्रित भएर हामी इम्बार्क कलेजलाई नेपालमा उद्यमशीलताको पावर हाउसका रूपमा स्थापित गर्ने छौँ ‘अन्टर्प्रन्योर्सबिल्ड नेसन’ भन्ने मूल नारासाथ हामीले यस कलेजलाई अघि बढाउने लक्ष्य राखेका छौँ ।’
ग्लोकलका अध्यक्ष तथा कलेजका कार्यकारी निर्देशक आशिष ठाकुरले भन्नुभयो, ‘ग्लोकल प्रालिझैँ इम्बार्क कलेजको ध्यान युवाको सीप र शिक्षा विकासमा केन्द्रित रहेको छ । यस कलेजको स्थापनाले शिक्षालाई उद्योग, उद्यमशीलता र समग्र समाजसँग जोड्ने दृष्टिकोण विकास गर्नेमा हामी ढुक्क रहेका छौँ । इम्बार्कले विशेषगरी एमबिएमा भर्ना हुने विद्यार्थीलाई इण्डष्ट्री कनेक्टसहित प्लेसमेन्ट मोडालिटीमा लैजानेबारे विभिन्न इण्डष्ट्रीसँग सहकार्य गर्ने भएको छ । शिक्षा मन्त्रालयको निर्देशनअनुसार उच्च मूल्यांकन भएको युनिभर्सिटीसँग संलग्नताले हामी गुणस्तरीय शिक्षामा विश्वस्त रहेका छौँ ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts