काठमाडौं । नागरिक लगानी कोषका सहभागीले शाखा कार्यालयबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयबाट सहभागीहरूलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको हो ।
कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस् भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको कोषले जनाएको छ । यसअघि सबै शाखा कार्यालयले आवास र सरल कर्जा स्वीकृतिका लागि कर्जाको कागजपत्र केन्द्रीय कार्यालयमा पठाउनुपर्ने व्यवस्था थियो ।
त्यसैगरी कोषले सहभागीलाई बचत रकमको ९० प्रतिशतसम्म ऋण सापटी दिन सकिने व्यवस्था गरेको छ । यसअघि यस्तो सापटीको सीमा सहभागीको नाममा जम्मा रहेको बचत रकमको ८० प्रतिशतसम्म थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts