काठमाडौं । जनमत पार्टीले सांसद गोमा लाभ सापकोटालाई कारबाही नगरिएकामा असन्तुष्टि जनाएको छ ।
जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले आज विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेको र सांसद् पदबाटमुक्त गरेको व्यक्तिलाई संसद्ले बचाउ गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।
“जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पु-याएर कारबाही सदर गरिसकेको सदस्यलाई संविधानको भावना विपरीत संरक्षण गर्न खोजिएको छ, यसप्रति पार्टीको आपत्ति छ”, विज्ञप्तिमा भनिएको छ । सापकोटा जनमत पार्टीबाट प्रतिनिधिसभामा समानुपातिक सांसद हुनुहुन्छ ।
विज्ञप्तिमा भनिएको छ,‘कोही प्रतिनिधिसभा सदस्य सभामुखको नातेदार र समूदायको मान्छे पर्यो भन्दैमा र सभामुखको पूर्व पार्टी नेकपा (एमाले) मा जाने वचनवद्धता गर्यो भन्दैमा जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्याई कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैरसंवैधानिक कदमद्धारा रक्षा गर्ने सभामुखले अविलम्ब राजीनामा दिनुपर्छ ।’
सापकोटालाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिए पनि संसद् सचिवालयले बचाउ गर्नेगरी पार्टीलाई पत्र पठाएकोप्रति उहाँले आपत्ति जनाउनुभयो ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts