काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित हुनु भएको छ ।
उहाँले कांग्रेस-एमाले गठबन्धनलाई १ हजार ४९७ मतान्तरले पराजित गर्दै विजयी निकाल्नुभएको हो ।
उहाँले गठबन्धनकी उम्मेदवार केशकुमारी तुलाचनलाई हराउनु भएको हो। बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत पाउनु भयो ।
एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न रुख लिएर चुनाव लड्नु भएको थियो । यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।






