काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीतिगत सुधार नभएको कारण मुलुकको संस्थागत र संरचनागत विकास हुन नसकेको टिप्पणी गर्नुभएको छ ।
आईतवार काठमाडौंमा छैटौँ संस्करणको ‘डिशहोम १२खरी कथा प्रतियोगिता–२०८१’ को नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पञ्चायतकालका कानूनहरु रहेको उल्लेख गर्दै ति कानूनहरुकै कारण काम आफूले गर्दै आएको कामहरु परिणाममुखि नदेखिएको बताउनुभएको हो । पुराना भएका कानूनहरुलाई समयानुकुल बनाएर उत्पन्न समस्याहरुको समाधान निकाल्न जरुरी रहेको उहाँको भनाइ छ ।
उहाँले राज्यका संरचनाहरुको काम गर्ने क्षमता वृद्धि गर्न नसकेकै कारण सहकारीमा समस्या देखिएको बताउनु भयो । उहाँले सहकारीलाई तीन खम्बे अर्थनीति प्रोत्साहन गरेको भएपनि त्यसको समयमै नियमन र अनुगमन गर्न नसक्दा समस्या देखिएको बताउनु भयो । उहाँले विश्वमै सहकारीले महत्वपूर्ण भुमिका खेलेको देश नेपाल भनिएपनि सहकारीहरुको कार्यशैली, कार्यक्षमतामा सरकारले ध्यान दिन नसकेको बताउनु भयो । उहाँले पुराना भएका कानूनहरुको संशोधन गरी समयानुकल बनाउन सरकार लागिपरेको बताउनु भयो ।
उहाँले भन्नुभयोे, ‘नीतिगत सुधार कहाँ कहाँ हुनुपर्ने हो रु गर्नुपर्छ । त्यो नीतिले पुगेन भन्ने लाग्छ मलाई । अहिले पनि हामी चाहेको कामहरु गर्न सक्दैनौं । मेरो मन्त्रालयको कुराकानी गर्ने हो भने त पञ्चायतकालीन ऐनहरु छन् अहिले पनि । त्यसलाई पनि हामीले समयानुकुल बनाउन सकेनौं । त्यसले हामीलाई काम गर्न बाधा दिइरहेको छ । । हामीले संरचनागत र संस्थागत क्षमता विकास नै गरेका रहेनछौं । हाम्रा संयन्त्रहरुले काम गर्ने क्षमता हामीले बढाएका रहेनछौं । हामीले विश्वमै सहकारीले भुमिका निर्वाह गर्ने देश नेपाल हो भनेर भन्यौं तर त्यो सहकराीको कार्यक्षमता, कार्यशैली र सरकारले ध्यान दिन नसकेको कारणले आज समस्या आएको छ । तीन खम्बे अर्थनीति भनेर सहकारीलाई हामीले एकदमै प्रोत्साहन दियौं तर त्यसलाई समयमै नियमन गरिएन । समयमै त्यो कामको अनुगमन गरिएन । सहकारीहरुलाई उत्पादन सहकारी बनाइएन । ऋण सहकारीका रुपमा सञ्चालन गरिए । सडकमा हिनेका मानिसहरु लखपति भए, लखपतिहरु करोडपति भएपनि राज्यले त्यसमा यथोचित ध्यान दिएको पाइएन । ’
यस वर्षको डिशहोम १२ कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । यस्तै कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र कथाकार विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ले तृतीय पुरस्कार प्राप्त गरेको छ । क्रममा छैटौँ संस्करणको कथा प्रतियोगिताका विजेता घोषणासँगै प्रतिष्पर्धामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त ९३७ कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण पनि गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts